गोरखामा ६ सय ४६ जनाको पिसिआर रिर्पोट आउन बाँकी

Share on Your Social Media
  • 183
  •  
  •  
  •  
  •  
  •  
    183
    Shares

नरेन्द्र ढकाल
गोरखा, असार १९ गते ।
गोरखामा बिहीबार साँझसम्म १ हजार ६४६ जनाको पिसिआर परीक्षण भएको छ । ती मध्ये ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९१२ जनाको रिर्पोट नगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘बुधबार साँझसम्म १ हजार ५८० जनाको पिसिआर परीक्षणका लागि स्बाब संकलन भएको थियो । बिहीबार शहिद लखनमा ४० र जिल्ला अस्पताल गोरखामा २६ जनाको थप भएको छ,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले भने, ‘अहिलेसम्म ९१२ जनाको रिर्पोट नेगेटिभ आएको छ । ८८ जनामा भने संक्रम पुष्टि भएको छ ।’ स्वाब संकलन गरिएका बाँकी ६४६ जनाको रिर्पोट आउन बाँकी रहेको उनले बताए । आरडिटी विधिबाट १ हजार २८२ जनाको परीक्षण गरिएको छ । ती मध्ये ८ जनामा रियाक्टिभ देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । उक्त रिर्पोट भने नगेटिभ आइसकेको कार्यालयले स्पष्ट पारेको छ । ‘रिर्पोट आउन केही ढिलो भएको हो । प्रयोशालाहरुमा ठूलो लाइन छ,’ उनले भने, ‘हामीले समूदाय स्तरमा फैलन नदिन कन्ट्रयाक टे«सिङलाई पनि तिब्र बनाएका छौं । त्यसले भोलुम ठुलो देखिन गएको हो । पहिले भन्दा धेरै सुधार भएको छ । आशा गरौं अझै छिटो नजिता आउनेछ ।’
बारपाक सुलिकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि गाउँपालिका अध्यक्ष सहित एक सय जनाको कन्ट्रयाक टे«सिङ गरिएको छ । यसैगरी भीमसेन थापा गाउँपालिकामा पहिलो चरणका आउन बाँकी ३५ र दोश्रो चरणका ११७ जनाको रिर्पोट छिटो उपलब्ध गराइदिन प्रयोगशालाहरुलाई ताकेता गरिरहेको न्यौपानेले बताए ।
गोरखामा हालसम्म २६ जना कोरोना जितेर घर फर्किसकेका छन् । हाल आइसोलेशनमा बस्नेको संख्या ६२ छ । उनीहरुलाई गोरखा क्याम्पस, जिल्ला अस्पताल र मकैंसिहं प्राथमिक केन्द्रको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अबस्था समान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *