सलह ल्याउनुहोस्, पैसा लैजानुहोस्, ः किलोको एक १५० रुपैयाँ

Share on Your Social Media
  • 115
  •  
  •  
  •  
  •  
  •  
    115
    Shares

खोजखबर
गोरखा, असार १९ गते ।

बिरेनचोकको एक कृषि फार्मले सलह किरा किनिदिने घोषणा गरेको छ । यदि गोरखामा सलह किराको प्रकोप फैलियो भने प्रतिकिलो १५० रुपैयाँका दरले किनिदिने आरआर नमूना कृषि फार्मका सञ्चालक राजेन्द्र अर्यालले बताए ।
‘नेपालमा सलह किरा प्रवेश गरेर बालीनाली नष्ट गरेको खबर आइरहेको छ । यसको व्यवस्थापनका लागि हामी सबै लाग्नु पर्ने अबस्था छ,’ उनले भने, ‘यदि गोरखामा सलह आयो र कसैले विषादी प्रयोग नगरी मारेर हामी कहाँ ल्याउनु हुन्छ भने हामी किनिदिन्छौं ।’ कडकनाथ, टर्की, बट्टाई, लौकाड, लोकल कुखुरा, कालिज बदेल लगायतको व्यवसीयक पालन गरिरहेका अर्यालले दानाको लागि सलह किन्न लागेको बताएका छन् । उनको फार्म दैनिक २५ देखि ५० किलोसम्म दाना खपत हुने गरेको छ । ‘पोषणयुक्त अर्गानिक दाना खुवाउन पाइयो भने यो रसायिनिक किन खुवाउने ?’ उनले भने ,‘जसले गर्दा सलह व्यवस्थापन पनि हुन्छ । फार्म रहेका पशुपन्छीलाई पनि राम्रो हुन्छ ।’
अर्यालले सहल किराको खरिदका लागि सामाजिक सञ्जाल मार्फत आब्हान समेत गरिसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *