गोरखा अस्पतालको आइसोशलेनमा उपचारत पालुङ्टार एक कोरोना संक्रमितको मृत्यु

Share on Your Social Media
  • 280
  •  
  •  
  •  
  •  
  •  
    280
    Shares

खोजखबर
गोरखा, असार २० गते ।
कोरोना संक्रमणका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका पालङ्टार ४४ वर्षीय पुरुषको ज्यान गएको प्रेस विज्ञप्ती जारी गरी अस्पतालले पुष्टि गरेको छ ।
पालुङटार नगरपालिका ७ निबासी उनी मंगलबार मात्र कतारबाट नेपाल फर्कनु भएको थियो । मधुमेह, उच्च रक्तचाप लगायतका दिर्घरोगी समेत रहनु भएका उनलाई गा¥हो भएपछि शुक्रबार राती १० बजे जिल्ला अस्पतालको आइसोलेशनमा ल्याइएको थियो ।
उपचारको क्रममा शनिवार विहान ५ बजे उहाँको मृत्यु भएको जिल्ला अस्पताल गोरखाका निमिक्त मेडिकल सुपरिटेन्डेन नबिन थापाले जानकारी दिए ।
उहाँको १८ गते पिसिआर परीक्षणको लागि नमूना संकलन गरी पठाइएकोमा १९ गते पोजेटिभ रिर्पोट आएको थियो ।
गोरखामा हालसम्म ८८ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३० जना निको भएर घर फर्किएका छन् । ५८ जना गोरखा क्याम्पस, जिल्ला अस्पताल र मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा उपचार गराइरहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *