अबुवा क्षेत्र बन्यो दिनभर रणभूमी, ७ सेल अश्रुग्याँस प्रहार, १२ घण्टा पछि मृत्तकको अन्त्यष्टि

Share on Your Social Media
  • 140
  •  
  •  
  •  
  •  
  •  
    140
    Shares

खोजखबर
गोरखा, असार २० गते ।
गोरखा अस्पतालको आइसोलेशनमा मृत्यु भएका कोरोना संक्रमितको १२ घण्टा पछि अन्त्येष्टि भएको छ । शनिवार बिहान ५ बजे मृत्यु भएका पालुङटार निबासी ४४ वर्षीय पूरुषको साँझ ५ः३० बजे अन्त्येष्टि गरिएको हो ।


गोरखा नगरपालिका १२, १३ र शहिद लखन गाउँपालिका १ को संगम स्थल लुदी र दरौंदी खोलाको दोभान शव गाड्न नदिने स्थानीयको अडानका कारण दिनभर त्यहाँ अबरोध सिर्जना भयो । जिल्ला सुरक्षा समितिको निर्णय पूर्वाग्रही भएको भन्दै आफ्नो ठाउँमा शव व्यवस्थापन गर्न नदिने सो क्षेत्र स्थानीय बताएका थिए ।

दुइ पक्ष समझदारी बन्न नसकेपछि प्रहरीले बल समेत प्रयोग गरेको थियो । सो क्रममा ७ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । सो क्रममा स्थानीयले ढुङ्गामुढा गर्न केही प्रहरी जवान घाइते भएका छन् ।


दिनभरको तनावपछि भिड साम्य बनाएर साँझ ५ बजे मात्रै शव जिल्ला अस्पतालबाट लुदी र दरौदी दोभानमा पु¥याइएको थियो । कडा सुरक्षाका वीच नेपाली सेनाको विशेष टोलीले अस्पतालबाट शव अन्त्यष्टि स्थल पु¥याएको थियो । १० फिट गहिरो खाल्डो खनेर सुरक्षित पूर्वक शव गाडिएको बताइएको छ । सो अबसरमा नेपाली सेना सलामी समेत अर्पण गरेको थियो । शुक्रबार राती १० बजे जिल्ला अस्पतालको आइसोलसनमा भर्ना गरिएका सो ब्यक्तिको शनिबार बिहान ५ बजे मृत्यु भएको थियो । तर करिब १२ घण्टापछि उनको अन्त्यष्टी गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *