तार्केडाँडामा पहिरो जाँदा लुँइटेल भञ्जाङ भच्चेक सडक अबरुद्ध

Share on Your Social Media
  • 164
  •  
  •  
  •  
  •  
  •  
    164
    Shares

खोजखबर
गोरखा असार २२ गते ।
लगातार परेको अबिरल वर्षापछि आएको पहिरोले सडक अबरु भएको छ ।
गोरखाको लुँइटेल भञ्जाङ भच्चेक सडकको हर्मी थुम्कि सडक खण्डको तार्केडाँडा नजिकै चिउरीबोटमा पहिरो जाँदा सडक अबरुद्ध भएको स्थानीय कैलाश पोखरेलले जानकारी दिए ।

‘रुखै सहित ठूलो डाँडो खसर सडक सबै पुरेको छ,’ उनले भने, ‘जेसिभि नलगाई हटाउन सकिने अबस्था छैन ।’ सडक अबरुद्ध भएपछि अहिले सवारी आवातजावत ठप्प भएको छ ।


गत वर्ष पनि यहीँ समय सोही ठाउँ नजिकै ठूलो पहिरो गएको थियो । भुकम्प सहायता आयोजना मार्फत निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएसँगै विभिन्न ठाउँमा पहिरो जाने भासिने समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।


तस्बिर सौजन्य ः कैलाश पोखरेल ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *