खोजखबर
गोरखा साउन २२ गते ।
कन्ट्रयाक टे«सिङको रिर्पोट नआउँदा बारपाक सुलिकोट गाउँपालिका अन्यौलमा परेको छ ।
स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बुधबार गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमायाँ गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडा अध्यक्षहरु लगायत एक सय जनाको कन्ट्रयाक टे«सिङ गरिएको थियो । तर पाँच दिन बितिसक्दा समेत रिर्पोट नआएपछि थप अन्यौलता सिर्जना भएको अध्यक्ष भट्टले बताए । ‘यो चरम लापरवाही भयो, यतिका दिन भइसक्यो गाउँपालिका नै सबै ठप्प पारेर हामी रिर्पोटको प्रतिक्षा गरिरहेका छौं,’ उनले भने, ‘यस्तो सम्बेदनशिल विषयले पनि प्राथमिकता पाउन सकेन ।’
स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएसँगै गाउँपालिकाका सबै कार्यालय बन्द गरिएको छ ।रिर्पोट आउन ढिलाई भएपछि सोमबार पनि गाउँपालिकाको कार्यालय नखुल्ने भएको छ । ‘आज पनि रिर्पोट आएन सूचना निकालेर कार्यालय बन्द गराएका छौं,’ उनले भने, ‘आशा गरौं आज बेलुकासम्म रिर्पोट आउला ।’ रिर्पोट नआउादा गाउँपालिकाका सम्पूर्ण काम ठप्प भएको छ । असार मसान्त नजिकदै गर्दा लामो गाउँपालिकाको कार्यालय बन्द भएपछि सेवाग्राही समेत मर्कामा परेका छन् । यता जिल्ला स्वास्थ्य कार्यालयले भने ५२ जनाको रिर्पोट आएको र अब ४८ जनाको आउन बाँकी रहेको बताएको छ । सोमबार साँझसम्म सबै रिर्पोट आउने स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले दाबी गरेका छन् ।
स्वास्थ्य शाखाका कर्मचारीमा संक्रमण पुष्टि भएसँगै समुदायमा फैलन सक्ने आशंकामा सम्र्पूण जनप्रतिनिधि, कर्मचारी तथा अन्य सर्वसाधरणको पनि नमूना संकलन गरिएको छ । अहिलेसम्म उनीहरु सबै क्वारेन्टिनमा छन् ।