सिरानचोकको संसदीय दलको नेतामा जयकृष्ण ढकाल चयन

Share on Your Social Media
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

खोजखबर
गोरखा, असार २३ गते ।
सिरानचोक गाउँपालिकाले कार्यपालिका सदस्य जयकृष्ण ढकाललाई संसदिय दलको नेता बनाएको छ । उनी वडा नम्बर ३ हर्मीबाट निर्वाचित सदस्य हुन् ।
नेपाली काँग्रेसबाट बिजयी जनप्रतिनिधिहरुको भेलाले दलको उपनेतामा लक्ष्मी भुलेजलाई चयन गरेको छ । खुसिमान गुरुङलाई सचेतक र मनिता गुरुङलाई उपसचेतक बनाइएको छ । प्रवक्ताको जिम्मेवारी वडा नम्बर ६ का अध्यक्ष नारायणबाबु दानीले पाएका छन् । योगेन्द्रबहादुर सुनार र कुलबहादुर बराम सदस्य चयन भएका छन् ।
संसदिय दलले कार्यपालिका बैठकमा पेस गर्ने एजेन्डाबार आवश्यक छलफल गर्ने, सभालाई व्यवस्थित बनाउने, कार्य सम्पादनमा अध्यक्षलाई सघाउने, काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गर्ने लगायतका काम गर्ने छ । नवगठित संसदीय दलले गाउँपालिकाको केन्द्र निर्धारणको विषयमा पनि आवश्यक छलफल गर्ने समेत बताइएको छ । कार्यपालिकामा सहमती जुट्न नसक्दा सिरानचोक गाउँपालिकाको केन्द्र निर्धारण हुन सकेको छैन । जसका कारण यो वर्षको वर्खे अधिवेशन पनि अहिलेसम्म सुरु भएको छैन । केही दिनभित्र सहमती जुटाएर कार्यपालिकाले निर्णय गरी गाउँसभा मार्फत अनुमोदन गर्ने तयारी छ ।
केन्द्र निर्धारणसँगै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्ने सिरानचोक गाउँपालिकाले बताएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *