कोराना जितेर थप २१ जना घर फर्किए, गोरखामा निको हुनेको संख्या ५२ पुग्यो

Share on Your Social Media
  • 345
  •  
  •  
  •  
  •  
  •  
    345
    Shares

खोजखबर
गोरखा, असार २३ गते ।
कोरोना संक्रमणमुक्त भएपछि थप २१ जना घर फर्किएका छन् । गोरखा क्याम्पस आइसोलेशनमा उपचाररत ६ स्थानीय तहका २१ जनाले एकैपटक कोरोनालाई जितेपछि उनीहरुलाई घर पठाइएको छ ।
भीमसेन थापा गाउँपालिकाका ११, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकाका ३÷३, गोरखा नगरपालिकाका २ जनामा कोरोना भाइरसको संक्रमण निको भएको हो । यसरी अजिरकोट र बारपाक सुलिकोटका १÷१ जनाको पनि दोश्रो पिसिआर रिर्पोट नगेटिभ आएपछि उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने सल्लाह सहित घर पठाइएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।
योसँगै गोरखामा कोरोनामुक्त हुनेको संख्या ५२ पुगेको छ । हालसम्म ९५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्मकतारबाट फर्किएका एक र आत्महत्या गरी मरेका एक जना गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *