आरुघाटमा पनि देखियो कोरना, गोरखामा कुल संक्रमितको संख्या ९८ पुग्यो

Share on Your Social Media
  • 90
  •  
  •  
  •  
  •  
  •  
    90
    Shares

खोजखबर
गोरखा, असार २५ गते ।

बिहीबार गोरखामा २ जना कोरोना संक्रमित फेला परेका छन् । आरुघाट गाउँपालिका ४ थुमीका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिए । असार १२ गते भारतबाट आएका उनी भिमोदय माविको क्वारेन्टिनमा बस्दै आएका थिए । योसँगै आरुघाट गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी भीमसेन गाउँपालिकामा थप १ सक्रमित फेला परेका छन् । वडा नम्बर ४ धावाकी २४ वर्षीय एक महिलामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । उनी पनि केही दिन अघि भारतबाट आएकी हुन् । स्थानीय प्रभावित माविको क्वारेन्टिनमा रहेकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै उपचारका लागि आइसोलेशन ल्याएको छ । योसँगै गोरखामा कोरोना संक्रमितको संख्या सय नजिक पुगेको छ ।
हालसम्म ९८ जनामा संक्रमण पुष्टि भइसकेको छ । गोरखामा १ जनाको उपचारका क्रममा र अर्का एक जनाको मृत्यु पछि कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरसको संक्रमण निको भएर ५३ जना घर फर्किसकेका छन् । बाँकीको गोरखा क्याम्पस, जिल्ला अस्पताल र मकैसिहं प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा उपचार भइरहेको छ । उनीहरु सबैको अबस्था सामान्य रहेको र कतिपयको दोश्रो रिर्पोट नगेटिभ आएसँगै घर पठाउने तयारी भइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । केहीको भने दोश्रो रिर्पोट नगेटिभ आएपछि पुनः परीक्षण गरिएको छ ।
गोरखाको धार्चे र चुमनुब्रीमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । आरुघाटमा एक संक्रमण फेलासँगै ११ स्थानीय तह मध्ये ९ वटामा संक्रमण देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *