सिरानचोकको केन्द्र चित्रपोखरीमा राख्न प्रस्ताव, १६ कार्यपालिका सदस्य मध्ये १३ जना प्रस्तावको पक्षमा, २ जनाले गरे फरक मत दर्ता

Share on Your Social Media
  • 891
  •  
  •  
  •  
  •  
  •  
    891
    Shares

नरेन्द्र ढकाल

गोरखा, असार २६ गते ।

सिरानचोक गाउँपालिकाको केन्द्र चित्रे पोखरीमा राख्ने प्रस्ताव गरिएको छ । बुधबार बसेको २१ औं कार्यपालिकाको बैठकमा वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर थापाले वडा नम्बर ५ को चित्रेपोखरीमा केन्द्र राख्न प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी गरी दुई तिहाई सदस्यले समर्थन जनाएका छन् । केन्द्र निर्धारणको विषयमा दुई तिहाई बहुमत रहेको काँग्रेस भित्र नै सहमती जुट्न सकेको छैन । वडा नम्बर ४ का अध्यक्ष दीपक हमाल र कार्यपालिका सदस्य शान्ति कुमालले साबिकको छोप्राकमै केन्द्र हुनु पर्ने भन्दै फरक मत दर्ता गरेका छन् । १६ जनाको कार्यपालिका रहेको सिरानचोकमा नेपाली काँग्रेसका १४, नेकपाका १ र जनता समाजवादी पार्टीका १ सदस्य छन् । यसरी हेर्दा चित्रे पोखरीको पक्षमा कार्यपालिकाका १३ सदस्यको समर्थन देखिएको छ । नेकपाबाट निर्वाचित वडा नम्बर ८ का अध्यक्ष झटकप्रसाद दवाडी भने तथस्ट भूमिका देखिएका छन् ।

उक्त प्रस्ताव असार ३१ गते कार्यपालिका बैठकमा निणयार्थ प्रस्तुत गर्ने कार्यतालिका बनाइएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । कार्यपालिकाले केन्द्र निर्धारणको प्रस्ताव पास गरेपछि गाउँ सभाको दुई तिहाइ बहुमतले अनुमोदन गर्नु पर्ने कानूनी व्यवस्था छ । जनता समाजवादी पार्टीको समर्थन सहित कार्यपालिकाको दुई तिहाई बहुमतमा प्रस्ताव दर्ता गरेको काँग्रेससँग गाउँसभा पनि स्पष्ट दुई तिहाई बहुमत छ । ४३ सदस्यिय सिरानचोकको गाउँसभामा काँग्रेसको मात्र २९ सिट छ । २ सिट रहेको जनता समाजवादी पार्टीले पनि समर्थन गरिसकेको स्रोतको दाबी छ । यस्तो अबस्थामा काँग्रेसबाट निर्वाचित वडा नम्बर ४ ले प्रस्तावको पक्षमा भोट हाल्ने हो भने सजिलै केन्द्र निर्धारणको विषय टुंगिने देखिन्छ । तर वडा नम्बर ४ का ५ जना चित्रेपोखरीको विपक्षमा रहेकाले उक्त प्रस्तावको अनुमोदनको लागि गाउँसभामा भने ३ सिट अपुग हुने बताइएको छ । ‘सर्बसहमतीको प्रयास जारी राखेका छौं,’ नेपाली काँग्रेस सिरानचोकका संसदिय दलका नेता जयकृष्ण ढकालले भने, ‘असन्तुष्ट साथीहरु त्यो दिनसम्म सहमत हुनुहुनेछ, प्रतिपक्षले पनि राजनैतिक सहमतीको आधार आवश्यक सहयोग गर्ने छ । आशा गरौं चित्रेपोखरी सर्बसम्बत रुपमा गाउँपालिकाको केन्द्र बन्ने छ ।’

मध्यमार्गी बाटो अपनाएर तथस्ट जस्तो देखिएका नेकपा निकट गाउँसभा सदस्यहरु अहिले पर्ख र हेरको अबस्थामा रहेको स्रोतले दाबी गरेको छ । प्रस्तावको विपक्षमा मतदान गर्दा केन्द्र निर्धारणको विषय अनिश्चत हुने भएकाले काँग्रेस भित्रै सहमती नभएपछि सहयोग गर्ने मनस्थितीमा रहेको एक सदस्यले बताए । ‘हामी प्रतिपक्षमा छौं, उहाँहरुसँग स्पष्ट दुई तिहाइ छ । उहाँहरु आफै निर्णय गर्नु हुन्छ भन्ने हाम्रो विश्वास हो,’ नेकपा एक नेताले भने, ‘यदी त्यहाँ दुई तिहाइ पुगेन भने चित्रे पोखरीको पक्षमा हामी पनि सहयोग गर्ने सक्छौं । परिस्थित कस्तो बन्छ त्यसपछि एकिन हुनेछ ।’

केन्द्र निर्धारणको विषयमा काँग्रेस भित्र एक मत हुन नसकेपछि लामो समय देखिको प्रयास टुग्गोमा पुग्न सकिरहेको छैन । जसका कारण गाउँपालिकाले समयमै नीति तथा कार्यक्रम र बजेट पनि ल्याउन सकेन । केन्द्र निर्धारणमा ढिलाई हुँदा त्यहाँको बिकास निर्माण अन्य क्रियाकलापमा समेत प्रभाव पारिरहेको छ ।

You May Also Like

One thought on “सिरानचोकको केन्द्र चित्रपोखरीमा राख्न प्रस्ताव, १६ कार्यपालिका सदस्य मध्ये १३ जना प्रस्तावको पक्षमा, २ जनाले गरे फरक मत दर्ता

  1. यदि सिरानचोक गा.पा.का पैसाको चलखेल भयो भने सहमत हुन सक्ला होईन भने यो पारित हुदैन साबिक केन्द्र नै सबैभन्दा उचित र उत्तम हो जस्तो लाग्छ मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *