गोरखामा अब सार्वजानिक बस चल्ने, भाडा भने ५० प्रतिशत बढि, ट्याक्सीले २ जना भन्दा बढि यात्रु बोक्न नपाउने (निणर्य सहित)

Share on Your Social Media
  • 4K
  •  
  •  
  •  
  •  
  •  
    4K
    Shares

खोजखबर
गोरखा, असार २६ गते ।
झण्डै चार महिना देखि बन्द रहेको सार्वजानिक यातायात सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित गोरखा जिल्ला स्तरिय कमाण्ड पोष्ट (सिसिएमसी) को बैठकले केन्द्रको निर्देशन अनुसार स्वास्थ्य र सुरक्षाको मापदण्ड पुरा गरी सार्वजानिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।
समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले चालक सहित सवारी साधनको सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु रहने गरी सवारी साधन सञ्चालनको अनुमती दिएको छ । जसअनुसार यात्रुबाहक सवारी साधनको एक पंत्तिको सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्रै राख्नुपर्नेछ, सवै यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकले अनिवार्य रुपमा मास्क, भाइजर र पन्जा लगाउनु पर्ने र सवारी साधनलाई दैनिक रुपमा डिसइन्फेक्सन गर्नुपर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर जिल्लाभित्र मात्र यात्रुबाहक सवारी साधन संचालन गर्न पाइनेछ ।
ट्याक्सी बाहेकका अन्य सवारी साधनको हकमा तोकिएको भाडा दरको पचास प्रतिशतसम्म थप भाडा लिन पाउने व्यवस्था गरिएको छ । निजि सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु गरिएको छ । ट्याक्सी र निजि सवारी साधनमा भने चालक बाहेक २ जना मात्र चढ्न पाउनेछन् । यदि परिवार भित्रकै ५ वर्षसम्मका बालबालिका भएमा भने सो भन्दा बढि पनि रहन सक्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका रोकाले जानकारी दिए ।
यसैगरी बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय गरेको छ । न्युनतम २ मिटर सामाजिक दुरी कायम गरी मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, पटक पटक सावुन पानीले हात धुने एवं स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालन गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ । यदिी उक्त कुराको अटेर गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कडाई पूर्वक कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
सो अबसरमा जिल्लाका सरोकारवालाहरुले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि हालसम्म भएगरेका प्रयासका बारेमा समिक्षा गरेका थिए । बैठकले होमक्वारेन्टिनमा बस्न चाहेनहरुलाई पनि अनुमती प्रदान गर्ने निर्णय गरेको छ । सोही अनुसार आफ्नो घर क्वारेन्टिन सरह व्यवस्थित भए हवाई तथा स्थल मार्गबाट आउने सर्वसाधरणले वडा कार्यालयको सिफारसमा सुरक्षा र स्वास्थ्यका मापदण्ड पुरा गरी घरमा बस्न सक्ने भएका छन् ।

छलफलका निर्णयहरु:

निर्णय नं.

कोरोना भाइरस Covid-19 को संभावित संक्रमणको जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सन्दर्भमा जिल्ला भित्र भए गरेका क्रियाकलापहरुको समिक्षाका साथै यस भन्दा अगाडीका बैठकको निर्णयहरु कार्यान्वयनको समेत समिक्षा गरियो

निर्णय नं.

नेपाल सरकार, मन्त्रिपरिषद्को  मिति २०७७।०३।१६ को बैठकको निर्णयानुसार हवाई तथा स्थलमार्गबाट आउने व्यक्तिले आफ्नो घर क्वारेन्टिनसरहको सुविधा भएको व्यहोरासहित Home Quarantine  मा बस्ने  अनुरोध गरेमा स्थानीय प्रहरी वडा समितिको  कार्यालयको सिफारिसको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिमको  Home Quarantine सम्बन्धी मापदण्ड  पालना गर्ने गरी  Home Quarantine  मा बस्ने दिने व्यवस्था मिलाउने

निर्णय नं.

 गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको . नं. ४५८३, मिति २०७७।०३।२५ गतेको पत्रबाट  प्राप्त नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।०३।२३ को बैठकको निर्णयानुसारको निर्देशन पालना तथा कार्यान्वयनकोलागिदेहाय अनुसारको व्यवस्था मिलाउने

देहाय:

  • सवारी चालक बाहेक थप जना परिवारभित्रका बर्षसम्मका बालबालिका मात्र सवार हुने गरी जोर विजोर प्रणालीमा निजी सवारी साधन जोर विजोर प्रणालीमा संचालन हुन दिने
  •   सवारी चालक बाहेक जनासम्म परिवारभित्रका बर्षसम्मका बालबालिका सवार हुने गरी  जिल्ला भित्रमा ट्याक्सी  संचालन हुन दिने
  • सवारी चालक सहित सवारी साधनको सिट क्षमताको बढीमा ५० प्रतिशत  यात्रु रहने, एक पंत्तिको सिटमा सामाजिक दुरी  कायम हुने गरी जना मात्रै राख्ने, सवै यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा सवारी साधनभित्र स्यानिटाइजरको  व्यवस्था गर्ने, चालक सहचालकले अनिवार्य रुपमा मास्क , भाइजर पन्जा लगाउने सवारी साधनलाई दैनिक रुपमा डिसइन्फेक्सन गर्ने  जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने गरी जिल्लाभित्र मात्र यात्रुबाहक सवारी साधन संचालन गर्न दिने साथै  ट्याक्सीबाहेकका अन्य सवारी साधनको हकमा तोकिएको भाडा दरको पचास प्रतिशतसम्म थप भाडा लिन पाउनेछ

निर्णय नं.

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको चलानी नम्बर ४५४३, मिति २०७७।०३।२२ गतेको पत्रबाट बन्दाबन्दी सहजीकरणका लागि संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड  पालना गरी गराई न्युनतम मिटर सामाजिक दुरी कायम गरी मास्क सेनिटाइजरको  अनिवार्य प्रयोग गर्ने, पटक पटक सावुन पानीले हात धुने एवं  स्वास्थ्यका मापदण्ड सुरक्षाका मापदण्ड  अनिवार्य रुपमा पालन गर्ने गराउने अटेर गर्नेहरु उपर संक्रामक रोग ऐन, २०२० बमोजिम कडाई पूर्वक कार्वाही गर्ने गराउने व्यवस्था मिलाउनुहुन भनि लेखि आएकोले सो को प्रभावकारी कार्यान्वयन गर्ने गराउने व्यवस्था मिलाउने

निर्णय नं.

जिल्लाको हालसम्मको शान्ति सुरक्षा एवं स्वास्थ्य स्थितिको अवस्थाको समिक्षा गरी जिल्लाको समग्र शान्ति सुरक्षा स्वास्थ्य स्थिति अवस्था सामान्य रहेको निष्कर्ष निकालियो 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *