जिविकोपार्जनका लागि लापुका कृषकलाई भटमासको बिउ वितरण

Share on Your Social Media
  • 61
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

खोजखबर
गोरखा, असार २६ गते ।
उत्तरी गाउँपालिकाको धार्चे गाउँपालिका ७ लापुका कृषकहरुलाई भटमासको बिउ वितरण गरिएको छ ।
गुड नेवर्स इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित समुदाय बिकास परियोजना, सहकारी सदस्यहरुलाई भटमासको विउ सहयोग गरिएको हो । पुङ्गकाङ्ग डाँडा कृषि सहकारी संस्थाका १६५ सदस्यहरुलाई ६४० केजि भटमासको बिउ वितरण गरिएको गुड नेर्वस इन्टरनेशलनका जिल्ला संयोजक मनकुमार राइले जानकारी दिउ ।
कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण भविष्यमा आउन सक्ने खाद्यन्न संकटलाई कम गर्दै त्यहाँका कृषकहरुको जिविकोपार्जनमा मद्दत पु¥याउने कार्यक्रमका उदेश्य रहेको छ ।
उक्त कार्यक्रमका लागि ८८ हजार रकम खर्च भएको छ । त्यसमध्ये ८० हजार परियोजनाले उपलब्ध गराएको भने ८ हजार स्थानीय आफैले जुटाएका हुन् । सहकारीका अध्यक्ष राम गुरुङ्ग र संस्थाकी जेटिए संगिता गुरुङ्गको रोहबरमा बिउ वितरण गरिएको पद्धती बिकास सेवा केन्द्रले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *