कश्मिर युद्धमा भारतीय सेनामा कार्यरत मान्बुका एक सैनिकको मृत्यु

Share on Your Social Media
  • 50
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

खोजखबर
गोरखा, असार २६ गते ।
भारतीय सेनामा कार्यरत गोरखा मान्बुका एक सैनिकको ज्यान गएको छ । जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा युद्धविराम उल्लङ्घन गर्दै पाकिस्तानी सेनाले गोलाबारीमा परेर हवल्दार सम्बुर गुरुङको शुक्रबार ज्यान गएको भारतीय सेनाले जनाएको छ ।
गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो । ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन । अवसकासको तयारी गरिरहेका गुरुङ मृत्यु भएसँगै उनको परिवार शोकमा डुबेको छ ।
एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *