क्यान्सर पिडित महिलाको उपचारका लागि दारीग्याङले एक लाख भन्दा बढि सहयोग

Share on Your Social Media
  • 144
  •  
  •  
  •  
  •  
  •  
    144
    Shares

खोजखबर
गोरखा, असार २७ गते ।
दारी ग्याङ गोरखाले क्यान्सर पिडित महिलाको उपचारका लागि सहयोग गरेको छ । बारा जिल्ला घर भई गोरखा नगरपालिका वडा नम्बर ७ बस्दै आएकी उसरवानी खातुनको उचचारका लागि सामाजिक सञ्जाल माफृत १ लाख ८ सय ५९ रुपैया संकलन गरिएको दारी ग्याङ गोरखाका अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए ।
पित्तथैलीको क्यान्सरबाट पीडित खातुनलाई थप उपचारका लागि दारी ग्याङका अध्यक्ष राजेन्द्र न्यौपानेले शनिबार उनकै डेरामा गएर श्रीमान इशा मियाँलाई संकलित रकम हस्तान्तरण गरेका हुन ।
खातुनको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि उनका श्रीमान मियाँले केहि समयअघि बिभिन्न सञ्चार माध्यम मार्फत सहयोगको याचना गरेका थिए । सो लगत्तै आफुहरुले बिभिन्न माध्यम प्रयोग गरी देशविदेशमा बस्ने गोर्खालीहरु मार्फत पहिलो चरणमा सो रकम संकलन गरिएको दारी ग्याङका सुमन कार्कीले बताए ।
अभियान मार्फत जापानमा बस्ने गोर्खालीहरुले ५० हजार ६ सय ५० रुपैयाँ सहयोग पठाएको कार्कीको भनाई छ । त्यस्तै कतार र दुबईमा बस्ने नेपालीहरुले समेत रकम सहयोग उपलब्ध गराएको उनले बताए ।त्यस्तै गोरखा लगायत नेपालका बिभिन्न स्थानमा बस्ने नेपालीहरुले समेत अभियानमा सहभागिता जनाएको दारी ग्याङका सुवास अधिकारीले बताए ।
यस अघि समेत खातुनको उपचारका लागि वडा नम्बर ७ नयाँबजारका स्थानीय लगायत हाम्रो साहारा फाउण्डेशनले आर्थिक सहयोग गरिसकेका छन् भने अझै केहि सहयोग रकम आउने क्रम चलिरहेको फाण्डेण्शनकी अध्यक्ष कल्पना श्रेष्ठले बताइन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *