सामुदायीक बिकास परियोजनाले ग¥यो स्वास्थ्य संस्थाहरुलाई सर्जिकल मास्क सहयोग

Share on Your Social Media
  • 81
  •  
  •  
  •  
  •  
  •  
    81
    Shares

खोजखबर
गोरखा, असार २८ गते ।

सामुदायीक विकास परियोजना लागु भएका क्षेत्रमा माक्स वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल आर्थिक सहयोगमा पद्धति विकास सेवा केन्द्र, गोरखा द्धारा सञ्चालित उक्त परियोजना अन्र्तगत कोभिड १९ प्रतिकार्य योजना लागु भएको क्षेत्रमा मास्क सहयोग गरिएको हो । गोरखा नगरपालिका वडा नं. ४ को फिनाम स्वास्थ्य चौकीलाई एक हजार, आरुघाट गाउँपालिकाको मान्वु, थुमी र आरुआर्वाङ्ग स्वास्थ्य चौकीलाई कुल २ हजार ९०० र धार्चे गाउँपालिका वडा नं. ७ लापु स्वास्थ्य चौकीलाई एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको छ ।


गुड नेवर्स इन्टरनेशनलको ग्लोवल पार्टनरशिप केन्द्र अमेरिका मार्फत प्राप्त ५ हजार पिस नोजल क्लिप सहितको सर्जिकल मास्क मध्ये १०० पिस पत्रकार महासंघ गोरखालाई समेत उपलब्ध गराइएको छ ।
यदी साउन २२ र २३ गते हुने भिटामिन ए कार्यक्रम सञ्चालनमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउने उदेश्यले सर्जिकल मास्क सहयोग गरिएको हो । नेपाल सरकारको एकद्धार निति वमोजिम सम्वन्धीत स्थानिय तहलाई माक्स उपलब्ध गराइएको पद्धती बिकास सेवा केन्द्रकी जनस्वास्थ्य सहायक गरिमा न्यौपानेले जानकारी दिइन ।


आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहाल, गोरखा नगरपालिका वडा नं. ४ को वडाध्यक्ष खोपवहादूर अधिकारी र धार्चे गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष सुर्यमान गुरुङ्गलाई सर्जिकल मास्क हस्तान्तरण गरिएको उनको भनाई छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *