गोरखामा कोराना संक्रमतिको संख्या एक सय पुग्यो

Share on Your Social Media
  • 107
  •  
  •  
  •  
  •  
  •  
    107
    Shares

खोजखबर
गोरखा, असार २९ गते ।

गोरखामा हालसम्म एक सय जनामा कोरोना संक्रमण भएको छ । आइतबार सिरानचोक गाउँपालिकाका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या एक सय पुगेको हो ।
कोरोना भाइरसको पहिचानका लागि २ हजार ८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३९२ जनाको रिर्पोट नेगेटिभ आएको छ । अब ५१६ जनाको रिर्पोट आउन बाँकी छ । भारत र तेश्रो देशबाट आएका १३७ जना क्वारेन्टिनमा बसिरहेका छन् । बाँकी होटल क्वारेन्टिन, होम क्वारेन्टिनमा बसिरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।
गोरखामा कोरोना संक्रमण निको भएर हालसम्म ५९ जना घर फर्किसकेका छन् । संक्रमणका कारण कतारबाट फर्किएका एक पूरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *