गोरखामा राष्ट्रिय परिचयपत्र निमार्णका लागि विवरण संकलन सुरु

Share on Your Social Media
  • 52
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

खोजखबर
गोरखा, असार २९ गते

गोरखामा राष्ट्रिय परिचयपत्र वोर्डको स्थायी विवरण दर्ता इकाई (स्टेशन) स्थापना भएको छ । आइतबार बोर्डका अधिकारीको उपस्थिीतिमा जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरिएको हो । नेपालमा चल्तीमा रहेका परिचयपत्रहरुलाई एकिकृत तथा व्यवस्थित गर्ने उदेश्यले सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । सोही अनुरुपमा जिल्ला प्रशासन कार्यालयमा स्टेशनहरु सञ्चालनमा ल्याइएको प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।
उक्त स्टेशनमा पुगेर सर्वसाधरणले आफ्नो व्यक्तिगत विवरण वोर्डलाई उपलब्ध गराउन सक्नेछन । दस औंलाको छाप, आँखाको रेटिना, फोटो, दस्तखत लगायतका जैविक विवरण र नाम, बुबा, आमा, हजुरबा, हजुर आमा, पतिपत्नीको नाम, ठेगानालगायतका वैयक्तिक विवरण भर्नु पर्ने छ ।

सोही विवरणको आधारमा वोर्डले कार्ड वितरण गर्ने बताइएको छ । गोरखामा मंगलबार देखि विवरण संकलनको काम सुरु हुनेछ । जिल्ला प्रशासन कार्यालयमा आउन नसक्ने सर्वसाधरणको विवरण भने घुम्ती टोली मार्फत संकलन गर्ने तयारी रहेको वोर्डका शिब बस्नेतले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *