पत्रकार महासंघ गोरखाद्धारा क्रियाशिल पत्रकारहरुलाई ५० प्रतिशत सहुलियतमा ल्यापटप वितरण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, असार ३० गते ।

पत्रकार महासंघ गोरखाले जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीलाई सहुलियतमा सञ्चार सामाग्री उपलब्ध गराएको छ । गोरखा नगरपालिकाले विनियोजन गरेको ५ लाख बजेटबाट ५० प्रतिशत अनुदानमा ल्यापटप वितरण गरिएको अध्यक्ष किशोरजंग थापाले बताए । कोरोना भाइरसका कारण अहिले पत्रकारहरु सञ्चारमाध्यममा बसेर काम गर्ने अबस्था नरहेको भन्दै महासघंको निर्णय अनुसार विपद्को बेलामा पनि काम गर्न सहज होस भन्ने उदेश्यले ल्यापटप उपलब्ध गराइएको उनको भनाई छ । लागत सहभाागिताको आधारमा मंगलबार पहिलो चरणमा १६ जनालाई ल्यापटप वितरण गरिएको छ । आवश्यकताका आधारमा अन्यलाई पनि उपलब्ध गराईने नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाले जनाएको छ ।
यसैविच नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्ला भित्रका क्रियाशिल पत्रकारहरुलाई सञ्चार सामाग्री बितरणका विषयमा भएको अर्नगल प्रचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै कोभिड–१९ को संक्रमणका बेला समाचार संकलन र प्रकाशनका लागि गरिएको कार्यक्रमबाट ५० प्रतिशत सहयोगमा सञ्चार सामाग्री बितरण गरिएको बिषयलाई तोडमोड गरि सामाचार सार्वजनिक भएको भन्दै आपत्ती जनाएको हो ।

शाखामा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धिको पक्षमा काम गर्ने, पेशागत हकहित र सुरक्षाका पक्षमा वकालत गर्ने कार्य छाता संगठनको दायित्व र कर्तब्य भएको भन्दै क्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएको कार्यक्रमको अर्नगल प्रचार गर्नु सिङ्गो पत्रकारहरुको छाता संस्थालाई प्रभाव पार्ने र बदनाम गर्ने प्रयास भएको अध्यक्ष किशोरजंग थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
महासंघले ल्याएको कार्यक्रम कहाँ कसरी खर्च गर्ने भन्ने महासंघले निर्णय गर्न सक्ने भएकाले अनाबश्यक टिकाटिप्पणी गर्दै महासंघको बदमान गराउने नियतले केही सञ्चार माधममा समाचार प्रकाशन भएको प्रति समेत आपत्ती जनाईएको छ । ‘स्थानीय सरकारसँग सहकार्य गर्नु छाता संस्थाको कर्तब्य भएको र निरन्तर खबरदारी गर्नु सञ्चारकर्मीको दायित्व भएको उल्लेख गरिएको गर्दै पत्रकारिताको न्युनतम मूल्य मान्यता बिपरित क्रियाकलाप नगर्न र त्यस्ता क्रियाकलापलाई साथ नदिन पनि जिल्लाको सबै स्थानीय तह, सरकारी तथा गैह्रसरकारी निकायलाई अनुरोध गरिएको छ’ विज्ञप्तीमा भनिएको छ । महासंघले यस्ता खालका भ्रामक समाचारको पछि नलाग्न संम्बद्ध सबै पक्षमा अनुरोध समेत गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *