गोरखा आँबुखैरनी सडक ठप्प, ११ किलोमा सडक भासियो, विभिन्न ठाउँमा पहिरो

Share on Your Social Media
  • 2.7K
  •  
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

खोजखबर
गोरखा, साउन ६ गते ।
लगातार वर्षा पछि गोरखा आँबुखैरेनी सडक (अम्बरसिंह मार्ग) को ११ किलोमा पिच रोड नै भासिएको छ । जसका कारण गोरखा आँबुखैरेनी सडकमा सवारी आवागमन ठप्प भएको छ ।
पानीको भेलले कलबड थुनिएपछि सडक नै बगाएको घटना स्थलमा रहेका स्थानीय सुनिल कुँवरले जानकारी दिए ।

अहिले सडक विभागको स्वीकृतीमा रोड भत्काएर पानीको निकास खुलाउने काम भइरहेको वडा ११ का अध्यक्ष रामबहादुर खड्काले बताए । करिब १० मिटर जति पिच सडक भासिएको छ । अहिले पैदल यात्री समेत हिड्न सक्ने अबस्था नरहेको उनको भनाई छ ।


सडक भासिएसँगै सडक मुनि रहेका ५ भन्दा बढि घर समेत उच्च जोखिममा परेको खड्काले बताउनुभयो । विभिन्न ठाउँमा आएको पहिरोले गोरखाको प्रमुख प्रवेश मार्ग गोरखा आँबुखैरनी सडकसँगै गोरखा बारपाक, गोरखा भच्चेक, लुँइटेल भञ्ज्याङ भच्चेक लगायत अधिकाश सडक अबरुद्ध भएका छन् ।

तस्बिर ः सुलिन कुँवर

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *