चार महिनापछि खुल्यो यातायात, गोरखाका ग्रामिण सडकमा पनि बस चल्ने, पृथ्वी यातायातले भने सबै ठाउँमा गाडी चलाउने

Share on Your Social Media
  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

खोजखबर
गोरखा, साउन ८ गते ।

विगत चार महिना देखि बन्द भएको सार्वजानिक यातायात सेवा आजबाट सुचारु भएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै नेपाल यातायात व्यवसायी महासंघको निर्देशन अनुसार बस सेवा सुरु गर्न लागिएको गोरखा दरौंदी यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ‘सरकारको निर्णय र महासंघको निर्देशन अनुसार आजबाट गोरखामा सार्वजानिक बस सेवा सुरु भएको छ,’ उनले भने, ‘काउन्टर नै खोलेर हामीले सेवा सुरु गरिसकेका छौं । स्वास्थ्य र सुरक्षाको प्रोटोकल पालन गरी जिल्ला भित्र बस सञ्चालन हुन्छ ।’

यता पृथ्वी यातायात प्रालिले भने देशभर सवारी सञ्चालन गर्ने तयारी गरेको छ । लकडाउन खुकुलो भएको र व्यवसायी चरम मारमा परेको भन्दै पहिलेकै अबस्थामा गाडी चलाउने लागिएको प्रालि गोरखाका विपिनचन्द्र ढकालले जानकारी दिए । ‘व्यवसायी मर्ने स्थिती आइसक्यो राज्यलाई चिन्ता छैन,’ उनले भने ‘सामाजिक दुरी कायम गरी पूर्ववत अबस्थामा जहाँजहाँ गाडी चलेको थियो त्यहाँ चलाउनु भन्ने केन्द्रिय कार्यालयको निर्देशन छ अब हाम्रा सबै गाडी चल्छन् ।’ सोही अनुरुपमा गोरखाबाट छुट्ने गोरखा भित्रिने सबै सवारी साधन चलाउने तयारी प्रालिको छ । सडक अबरुद्ध नभए आज नै गोरखा नारायणगढ बस सञ्चालन हुने उनले बताए । सरकारले भदौं १ गतेबाट मात्र अन्तरजिल्ला सवारी सञ्चालन गर्न दिने निर्णय गरेपनि पृथ्वीले अवज्ञा गर्ने तयारी गरेको छ ।

अहिले पहिरोका कारण गोरखाका अधिकाशं सडक अबरुद्ध भएकाले अबस्था हेरेर सेवा सञ्चालन गर्ने व्यवसायीहरुले बताएका छन् । यात्रुबाहक बस सञ्चालनका लागि सरकारले बनाएको स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पुरा गरी यातायात सञ्चालन हुनेछ । बसको एक लाइनमा एक जनामा मात्र राखिनेछ । तर यात्रुले साबिकको भाडामा ५० प्रतिशत थप तिनुपर्नेछ । सेनेटाइजर र माक्सको अनिवार्य गरिएको छ, चालक र सहचालकले व्यक्तिगत सुरक्षाका साधनहरु लगाउनु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ

४ महिना देखि थन्किएका बस मर्मत गरी पूर्ण रुपले सञ्चालन गर्न भने केही समय लाग्ने व्यवसायीहरुले बताएका छन् । अधिकाशं सवारी साधनका मजदुरहरु अहिले घरमा छन् । उनीहरु सबै फर्कि सकेको अबस्था छैन । यातायात सञ्चालन भइहाले पनि कोरोनाको त्रास एवं बाढी पहिरोको भयका कारण जरुरी काममा बाहेक सर्वसाधरणहरुले यात्रा गर्ने देखिदैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *