खोजखबर
गोरखा, साउन ८ गते ।
अबिरल वर्षा पछि आएको पहिरोले भत्काएको गोरखा आँबुखैरेनी सडक (अम्मरसिंह मार्ग) एकतर्फी खुलेको छ ।
११ किलो स्थित भत्किएको सडकमा हिमपाइप हालेर एकतर्फी खुलाइएको गोरखा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । वडा कार्यालय र सडक विभागको समन्वयमा ४ वटा हिमपाइप राखेर तत्कालका लागि सवारी आवागमन सुचारु बनाइएको हो । गोरखा आँबुखैरेनी सडकको अन्य स्थानमा रहेका अबरोध पनि हटाएर एकतर्फी रुपमा सडक खुलाइएको छ ।
बुधबार साँझ सडक सुचारु गराइएपनि बिहीबार बिहानै देखि फेरी अबरुद्ध भएको छ । भत्किएको सडक निर्माणमा रातो हिलो माटो हालिएकाले सवारी सञ्चालनमा समस्या भएको छ । हिलोमा गाडी फसेका कारण लामा जाम भएको चालकहरुले बताएका छन् ।