खोजखबर
गोरखा, साउन ११ गते ।
हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । गत साउन ९ गते खेतमाा पानी लगाउन गएकी मनकामनाकी ७२ बर्षिय बृद्धाको हत्याको आरोपमा स्थानीय हुकमान चुमी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
शहिद लखन गाउँपालिकाको वडा नम्बर ३ कान्टार क्षेत्र स्थित एक घरमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
बुधबार बिहान खेतमा पानी लगाउन गएकी बृद्धा हटियाँ भन्ने स्थानमा शव फेला परेको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।