सर्पको टोकाईबाट गोरखामा एक जनाको मृत्यु

Share on Your Social Media
  • 207
  •  
  •  
  •  
  •  
  •  
    207
    Shares

खोजखबर
गोरखा, साउन ११ गते ।

सर्पको टोकाईबाट एक व्यक्तिको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका ५ ताकुमाझ लाकुरीबोटका ५५ वर्षीय सेते परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
शनिवार राती १० बजे झ्याल्ला स्थित आफ्नै घरमा सुतिरहेको अबस्थामा परियारलाई सर्पले टोकेको थियो । घाइते भएका परियारलाई स्थानीय मेडिकलमा सामान्य उपचार गरी घर लगेको २ घण्टामा मृत्यु भएको बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य शाखाका कृष्ण भट्टले जानकारी दिए । ‘सुतिरहेको अबस्थामा उहाँको हातको साइली औलामा सर्पले टोकेछ । तत्काल गएर मेडिकलमा सामान्य उपचार गराउनुभएछ,’ उनले भने, ‘सर्प त्यति बिषालु नहोला भनेर अयन्त्र उपचार गर्न लगिएन, तर २ घण्टापछि उहाँको मृत्यु भयो ।’
झण्डै २ मिटर लामो उक्त सर्पलाई सोही बेला परिवारका सदस्यले मारिदिएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *