खुल्न थाले विद्यालय :भवानी मावि मान्बुमा धमाधम पढाई

Share on Your Social Media
  • 206
  •  
  •  
  •  
  •  
  •  
    206
    Shares

नरेन्द्र ढकाल
गोरखा साउन १४ गते ।

लकडाउन सकिए पनि अहिले देशभरका शिक्षण संस्था बन्द छन् । लाखौं विद्यार्थी घरमै बसिरहेका बेला, जोखिम कम भएका केही स्थानमा भने बिस्तारै विद्यालयहरु खुल्न थालेका छन् ।
आरुघाट गाउँपालिका–२ मान्बुको भवानीमा माविमा अहिले धमाधम पढाई भइरहेको छ । असार २५ गते देखि दुई सत्रमा पढाई सुरु भएको विद्यालयका प्रधानाध्यापक काजीराम कार्कीले जानकारी दिए । ‘गाउँ शिक्षा समितिको निर्णय र सरकारले बनाएको हेल्थ र सेफ्टीको प्रोटोकललाई ध्यान दिदै हामीले दुई सिफ्टमा पढाइरहेका छौं,’ उनले भने, ‘बिस्तारै कोर्ष समेत अगाडी बढ्न थालेको छ ।’


बिहान ५ बजेबाट ९ बजेसम्म कक्षा १ देखि ८ सम्मको पढाई हुने गरेको छ । ९ र १० का विद्यार्थीलाई भने बिहान १० बजे देखि साँझ ५ बजेसम्म पढाइएको छ । विद्यार्थीहरुलाई माक्स अनिर्वाय गरिएको छ । आवश्यक सामाजिक दुरी कायम गरी कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । ‘गाउँ शिक्षा समितिको बैठकले गाउँगाउँमा सिकाई केन्द्र सञ्चालन गर्ने निर्णय ग¥यो,’ वडा अध्यक्ष सोम घलेले भने, ‘त्यसपछि हामीले वडा शिक्षा समितिको बैठक बसेर एउटा कार्यविधि ल्यायौं, अनि केही भोलन्टिएर शिक्षकहरु समेत नियुक्त गरेर सिकाई कक्षा सञ्चालन गरेयौं ।’
सुरुमा सिकाई केन्द्र सञ्चालन गरिएपनि अहिले भवानी मावी मान्बु र मातहतका सबै प्राथामिक विद्यालयमा नियमित पढाई सुरु भएको छ । चार महिना देखि बन्द रहेको विद्यालय खुलेसँगै विद्यार्थीमा पढ्ने वातावरणको बिकास भएको प्रअ कार्कीले बताए । सुरुमा अन्य वडाबाट जान विद्यार्थीलाई होस्टेलमा राखेर अलगै पढाइएको थियो । अहिले क्वारेन्टिनको अबधी सकिएकाले सबैलाई सँगै राखिएको छ । उक्त विद्यालयले ११ र १२ को कक्षा भने सञ्चालन गरेको छैन ।
भवानीसँगै आरुघाट गाउँपालिकाका अधिकाशं विद्यालयमा पठनपाठन भइरहेको छ । विद्यार्थी संख्या कम भएका विद्यालयहरुले धमाधम कक्षा सञ्चालन गरिहेका छन् भने धेरै भएकाहरुले आलोपालो गरेर केही पिरियड मात्र पढाइएको छ । कतिपयले विद्यालयहरुले भने केही घण्टी पढाएर गृहकार्य दिइ घर पठाउने गरेको छन । ‘हामीले आवश्यक कार्यविधि निर्माण गरी विद्यालयहरुलाई सिकाई केन्द्र सञ्चालन गर्न अनुमती दिएका हौं,’ आरुघाट गाउँपालिकाको शिक्षा शाखाकी प्रमुख पवित्रा शर्माले भने ‘केही विद्यालयहरुले सबै मापदण्ड पुरा गरेर थप कक्षाहरु पनि सञ्चालन गर्नुभएको हुनसक्छ । तर फोकस चाँही सिकाई केन्द्रमा नै छ ।’


सरकारको राष्ट्रिय कार्यक्रम अनुसार भदौं १ गतेबाट विद्यार्थी भर्र्ना अभियान र १५ गतेबाट पठनपाठन सुरु गर्ने तयारी गरेको छ । तर सदरमुकाम र शहरी क्षेत्रमा भने तत्काल विद्यालय सञ्चालन आउन नसक्ने सरोकारवालाहरु बताउँछन् । किन भने अधिकाशं विद्यालयहरुमा क्वारेन्टिन बनाइएको छ ।
गोरखामा कोरोना संक्रमितको संख्या घटेपनि १५० जना भन्दा बढिको पिसिआर रिर्पोट आउन बाँकी छ । उनीहरु अधिकाशं विद्यालयहरुमा बनाइएको क्वारेन्टिनमा बसिरहेका छन् । जिल्लामा पठनपाठन सुरु भइसकेकाले विद्यालयहरुमा रहेको क्वारेन्टिन तत्काल हटाउनु पर्ने देखिन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *