गुड नेवर्स र पद्धतीले गरे नगरपालिकालाई राहत सामाग्री सहयोग

Share on Your Social Media
  • 56
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

खोजखर
गोरखा, साउन १४ गते ।

गोरखा नगरपालिकालाई सहयोग प्राप्त भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा पद्धति विकास सेवा केन्द्र, गोरखाद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले विभिन्न किसिमका राहत सामाग्री उपलब्ध गराएको हो ।
प्राकृतिक प्रकोप न्युनिकरण कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका वडा नं. ४ फिनाम र वडा नं. २ ताप्ले क्षेत्रमा वर्षाले पुगेको क्षति न्यूनीकरण गर्न उक्त सहयोग प्रदान गरिएको गुड नेवर्स इन्टरनेशलन नेपालका जिल्ला संययोजक मनकुमार राईले बताए । ५० घरधुरीलाई पुग्ने सहयोग गरिएको उनको भनाई छ ।
गोरखा नगरपालिका, गुड नेवर्स इन्टरनेशनल नेपाल, युएनडिपी, वडा नम्बर ४ को कार्यालय र पद्धति विकास सेवा केन्द्र, गोरखाको समन्वयात्मक वैठक बसेर सहयोगको कार्यक्रम निर्माण गरिएको हो ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग, पद्धति विकास सेवा केन्द्र, गोरखाको कार्यन्वयन मा ५० थान त्रिपाल, ९ थान प्राथमिक उपचार वक्स, ६ थान क्यानोपी सहयोग उपलब्ध गराइएको छ । युएनडिपीको आर्थिक सहयोग, गोरेटोको कार्यान्वयनमा ५० थान त्रिपाल सहयोग गरेको छ ।
एक कार्यक्रमका वीच उक्त सामाग्री गुड नेवर्स इन्टरनेशनल नेपालको जिल्ला संयोजक मनकुमार राईले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका छन् ।

१ हजार ७५५ रुपैयाँ पर्ने प्लाष्टिक कोटेड १५×१८ को इन्डियन त्रिपाल ५० पिस, प्रति सेट १ हजार ३२० पर्ने उच्च क्यालिटीको प्राथमिक उपचार बक्स ले ९ सेट प्रदान गरिएको छ ।
९६ हजार ६३० बराबरको सामग्री र कार्यालयमा स्टक रहेको ६ थान उच्च क्वालिटीको पारीवारिक क्यानोपी स्पनि सहयोग गरिएको राईले बताए । सो अबसरमा विपद्सँग जुध्न र नगरबासीलाई सुरक्षित राख्न गैरसकारी संस्थाले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै आभार समेत व्यक्त गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *