खोजखबर
गोरखा, साउन १९ गते ।
बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ ।
समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्याँकन गरि उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो .
सने १९९२ मा स्थापना भएको ‘यूरोमनिज अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पूरस्कारको रुपमा मानिन्छ . ‘यूरोमनिज अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ .
सन १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन । .