अब अत्यावश्यक काममा बाहेक काठमाण्डौ जान नपाइने

Share on Your Social Media
  • 101
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares


खोजखबर
गोरखा, साउन १९ गते ।

लकडाउन हटेपछि केही खुकुलो बनाइएको काठमाण्डौ जाने पासमा फेरी कडाई गरिएको छ । कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्ट (सिसिएम्सी)को बैठकले अत्यावश्यक बाहेकका काममा काठमाण्डौँ जाने अनुमती नदिने निर्णय गरेको सूचना अधिकारी हर्क रोकाले जानकारी दिए । काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या तिब्र रुपमा बढेपछि गृह मन्त्रालयले बिहान ७ बजेबाट साँझ ७ बजेसम्म जरुरी कामका लागि मात्र आउजाउ गर्ने दिने निर्णय गरेको थियो । सोही अनुरुप आफै काजकिरिया बस्न जाने वा सकेर फर्कने, अस्पतालबाट रिफर गरिएका, जिल्लामा उपचार हुन नसक्ने बिरामी, चालक र कुरुवा सहित तीन जनालाई उपत्यका जान अनुमती प्रदान गरिएको छ । यसैगरी हवाई टिकट सुनिश्चित भएर विदेश जानुपर्ने विदेशी वा नेपाली नागरिकलाई पनि पास उपलब्ध गराइनेछ । अदालती कामले जानुपर्ने व्यक्ति र संघसस्थामा कार्यरत व्यक्तिहरुलाई पनि सवारी अनुमती प्रदान गर्ने निर्णय भएको छ । तर उनीहरुले वडाको सिफारिस ल्याउनु पर्नेछ । जिल्लामा औषधी उपलब्ध नहुने दिर्घरोगीहरुलाई गोरखा अस्पताल वा चिकित्सकको सिफारिसमा काठमाण्डौं जान दिने निर्णय गरिएको रोकाले बताए । गोरखामा संक्रमण कम देखिएपनि अन्यत्रबाट आउजाउ गर्नेका कारण जोखिम बढेको भन्दै कडाई गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताएका छन् । ‘बढ्दो संक्रमण रोक्न नेपाल सरकारले गरेको कडाई र निर्देशनका आधारमा हाम्रो जिल्लालाई सुरक्षित राख्न यो निर्णय गरेका हौं,’ उनले भने, ‘जसले गर्दा यहाँ संक्रमण फैलन नपाओस् ।’

बैठकले सरकारले बनाएको मापदण्ड कडाईका साथ पालना गराउने निर्णय पनि गरेको छ । आवश्यक परेमात्र घर बाहिर निस्कन सर्वसाधरणलाई आग्रह गरिएको छ । यदी निस्कनै पर्ने भए दुई मिटर सामाजिक दुरी कायम गर्ने, मास्क सेनिटाईजरको अनिवार्य प्रयोग गर्ने, पटक पटक साबुनपानीले हात धुन अनुरोध गरिएको छ । यदी अटेर गरे संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रजिअ भट्टराईले बताए । प्रजिअ भट्टराईको अध्यक्षतामा बसेको बैठकमा जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *