खोजखबर
गोरखा, साउन १९ गते ।
पत्रकारलाई तथानाम गालीगलौज गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पत्रकारको चरित्र हत्या गर्ने उदेश्यले स्टाटर्स लेखेका शहिदलखन गाउँपालिका ८ का बुङ्कोट हटियाका मनोज राना मगर प्रहरीले पक्राउ गरेको हो ।
पत्रकार महासंघ गोरखा शाखाले आईतवार जिल्ला प्रहरी कार्यालयमा राना मगरले पत्रकारहरुको चरित्र हत्या गर्ने गरी तथानाम गलिगलौज गरेको भन्दै उजुरी गरेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ