बलत्कार गरेको आरोपमा पालुङटार ४ का वडा अध्यक्ष पक्राउ

Share on Your Social Media
  • 102
  •  
  •  
  •  
  •  
  •  
    102
    Shares

खोजखबर
गोरखा, साउन १९ गते ।
बलत्कारको आरोपमा पालुङटार ४ का वडा अध्यक्ष पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बिहे र अन्य प्रलोभन देखाएर जबरजस्ती करणी गरेको भन्दै ४७ वर्षका ठाकुरकान्त रानाभाटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विगत दुई महिनादेखि यौन शोषण गर्दै आएको समेत आरोप लगाइएको छ । सोमबार दिउँसो करिब १ बजेतिर पिडित बालिकाका बाबुले जिल्ला प्रहरी कार्यालय गोरखामा दिएको थिए । तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित वडाध्यक्ष रानाभाटलाई जबरजस्ती करणी अन्तरगत मुद्धा चलाउने प्रहरीको तयारी छ । त्यस्तै सोमबार नै उनि आवद्ध जनता समाजवादी पार्टी पालुङटार नगर कमिटीले एक विज्ञप्ती जारी गर्दै उनलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको बताएको छ । नगरका कार्यबहाक अध्यक्ष देवीमाया गिरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रहरी हिरासतमा रहेका रानाभाटको अनुसन्धानमा सहयोग पु¥याउन उनलाई सम्पूर्ण जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *