गोरखाका किसानलाई मास र भट्टमासको बिउ सहयोग

Share on Your Social Media
  • 133
  •  
  •  
  •  
  •  
  •  
    133
    Shares

खोजखबर
गोरखा, साउन २७ गते ।
गोरखाको बिभिन्न ठाउँका किसानलाई मास र भट्टमासको बिऊ वितरण गरिएको छ । गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धति बिकास सेवा केन्द्र गोरखाले सञ्चालन गरेको समुदाय बिकास परियोजनाले किसान उक्त सहयोग उपलब्ध गराएको हो ।


समुदाय बिकास परियोजनाको कोभिड–१९ प्रतिकार्य योजना कार्यक्रम मार्फत गोरखा
नगरपालिका ४ फिनाम, आरुघाट गाउँपालिका वडा नं. ३, ४ थुमी र १, २ मान्बुका गरी कुल
२८५ कृषकलाई मास र भट्टमासको बिऊ वितरण गरिएको पद्धती बिकास सेवा केन्द्रका लघुउद्यम
बिकास अधिकृत सुनिल न्यौपानेले जानकारी दिए ।
कोभिड १९ को असर न्यूनीकरणका लागि कार्यान्वयन भइरहेको बन्दाबन्दीको कारण कषि क्षेत्रमा
हुन सक्ने खाद्यन्न अभावलाई कम गर्ने बिऊ वितरण गरिएको उनले बताए । फिनाम
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका ३२, थुमी कफी उत्पादक कृषि सहकारी संस्थाका
२०३ र भवानी कृषि सहकारीका ५० गरी कुल २८५ घरधुरीलाई उक्त बिऊ सहयोग उपलब्ध
गराइएको छ । १७९ जनालाई प्रति घरधुरी ६.५ केजीका दरले कुल १ हजार १५६ केजी मास र
१०६ जनालाई प्रति घरधुरी ५ केजीका दरले कुले ५६४ केजी भट्टमासको बिऊ किसानलाई
उपलब्ध गराइएको छ ।


उक्त कार्यका लागि ३ लाख २३ हजार ४८० रुपैयाँ लागत लागेको छ । उक्त रकम मध्ये ३ लाख
२० हजार ५ रुपैयाँ परियोजनाले र बाँकी २१ हजार ४७५ किसान स्वम्ले खर्च गरेको न्यौपानेले
बताए । उक्त बिउ सम्बन्धित वडाका अध्यक्ष र सहकारी संस्थाका अध्यक्षहरुको रोहवरमा साउन
२२ गते देखि २५ गतेसम्म किसान वितरण गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *