संगीत

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

संगीत मानव जातिकै एउटा उच्च रचना हो जसले सबैको जिवनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दछ। चाहे भोजभतेर होस् या भजन-किर्तन विभिन्न प्रयोजनमा संगीतको विशेषता झल्किने गर्दछ।
अतः संगीत यदि नारी भएकी भए ३२ गुणले पोख्त भएकी भन्न सुहाउँथ्यो होला।

संगीतले हामीमाथि कस्तो प्रभाव पार्दछ त ? आउनुहोस् केही तथ्यलाई नियाँलौ। 

संगीत : शक्तिशाली चिकित्सा
संगीतमा मनोदशालाई तुरुन्तै परिवर्तन गर्नसक्ने शक्ति हुँदछ।
हाम्रो दिमागको विकास गर्न र आत्मबल बढाउनलाई यसले ठूलो मद्दत गर्दछ। 
मानिसले गीत छिट्टै टिप्ने कारण पनि यही हो।

संगीत : भावनाको माध्यम
सांगीतिक माध्यमद्वारा आफ्ना भावनाहरु पोख्न सजिलो हुँदछ।
 विभिन्न साधन बजाउने हो भने हामीले प्रायजसो जे महसुस गर्छौं त्यही पोखिरहेका हुन्छौं। मनमा लागेका कुराहरु, आफूले सुन्ने गीत द्वारापनि छर्लङ्ग हुनेगर्दछ।
कुनै मनपर्ने गीत सुन्दा कस्तो छुट्टै अनुभूति हुन्छ, एउटा शब्दमा व्यक्त गर्न नसक्ने अवस्थाको सिर्जना।

मानसिकतामा प्रभाव
हामी प्रायजसो जस्तो गीत  सुन्छौं , त्यही अनुसारको ऊर्जा हामीलाई प्राप्त हुन्छ।
वैज्ञानिक अनुसन्धानका अनुसार गीत सुन्नाले मानसिक अवस्था तंग्रिने गर्दछ।
यतिसम्म त ठिकै हो तर पशुपन्छीले पनि संगीतप्रति गहिरो लगाव प्रदर्शन गर्दछन्।
हामीमध्ये कतिले त सुनेकै छौँ होला गित सुनेर कुखुराले धेरै फुल पारेको,
गाईले धेरै दूध दिएको, आदि इत्यादि।
यो कुराले प्रष्ट हुन्छ कि संगीत सर्वप्रिय छ।

असीमित पहुँच
मानवजातिलाई थाहा नै छ “संगीतको कुनै भाषा हुँदैन”।
यो भनाई विश्वव्यापी रुपमा नै सही ठहरिएको छ।
स्पेनिश भाषामा गाइएको “डेस्पासितो” होस् या अंग्रेजी‌मा गाइएको “शेप अफ यु”,
संगीतको पहुँचको कुनै सिमा हुँदैन। त्यसैले त इतिहासलाई साक्षी राखेर हेरि ल्याउने हो भने, संगीतका रचनाकारहरुलाई ब्रह्माण्डमै कति प्रेम गरिएको छ।

आजकल त झनै सामाजिक संजालका कारण ले गर्दा संगीतले अझै बढी लोकप्रियता पाउन सफल भएको छ।

संगीतको कारणले गर्दा विश्वमै तहल्का मच्चिएको छ।
संगीत एउटा यस्तो अद्भुत कुरा हो जुन आफ्नै तालमा गुनगुनाइरहेपनि
गज्जब महसुस हुने गर्दछ।
दिनको केवल १० मिनेट मात्र “सा” भनेपनि आफूलाई शान्ति प्राप्त हुने गर्दछ। 
जो संगीतसँग जोडिएको छ उसलाई आनन्दित महसुस हुदछ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *