‘गोरखाको सिसिएमसीले निर्णय गर्छ तर कार्यान्वयन गर्दैन’

Share on Your Social Media
  • 173
  •  
  •  
  •  
  •  
  •  
    173
    Shares

खोजखबर
गोरखा, साउन ३० गते ।

कोरोना भाइरसको संक्रमण रोक्न जिल्लामा विभिन्न निर्णय भएका छन । कोरोना भाइरस (कोभिड १९ को) रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित कमाण्ड पोष्ट तथा क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठक दैनिक जसो बस्छ । हप्तामा केही न केही नयाँ निर्णयहरु हुन्छन् ।
तर त्यो निर्णय कार्यान्वयन भएको पाइदैन । ‘कतिपय ठाउँमा पूर्ण रुपले कार्यान्वयन नभएको जस्तो अबस्था देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने, ‘मानिसको दैनिक जीवनयापनलाई सा¥है असहज हुनेगरी कडाई पनि गर्नु भएन ।’ केन्द्रको निर्देशन अनुसार निर्णय गर्ने तर कार्यान्वयनमा भने ध्यान नदिने गरेको भन्दै सिसिएमसी र प्रशासनकोे आलोचना हुने गरेको छ ।
पछिल्लो केही सिसिएमसी बैठकको निर्णय हेर्न हो, भने १÷२ बुँदा मात्र परिर्वतन भएका देखिन्छ । बारम्बार एउटै निर्णय गर्ने तर त्यसलाई व्यवहारमा प्रयोग नगर्दा जनतामा विश्वास कम भएको छ । जसका कारण प्रशासनले जति आग्रह गरेपनि जनताले बेवास्ता गर्न थालेका छन् । ‘यस जिल्लामा बस्ने दाजुभाई दिदिबहिनी सचेत हुनुभएन भने कोरोना संक्रमण हुन्छ । यदी संक्रमण फैलियो भने भोली हामीले थाम्न नसक्ने अबस्था हुन्छ,’ उनले भने ‘त्यसैले हामीले उहाँहरुलाई नै सचेत बनाउन कतिपय निर्णयलाई पुनरावृत्ति गरेका हौं ।’

सिसिएमीको निर्णय अनुसार अत्यावश्यक बाहेकका काममा घर बाहिर नस्किन आग्रह गर्दै प्रशासनले पछिल्लो समय मात्र ४÷५ पटक सूचना जारी ग¥यो । तर जनताले त्यसको वास्ता गरिरहेका छैनन् । संक्रामक रोग निवारण ऐन २०२० अनुसार मास्क नलगाइ हिड्नेहरुलाई नियन्त्रणमा लिएर १०० रुपैयाँ जरिबाना गर्ने, सरकारले अनुमती प्रदान नगरेका व्यवसाय बन्द गरी विभिन्न कानून अनुसार कारवाही गर्ने निर्णय बारम्बार भएको छ । मास्क नलगाई हिडेका केही व्यक्तिलाई एक दिन कारवाही गरिएपनि मापदण्ड मिचेर पेशा व्यवसाय गर्नेहरु प्रति प्रशासन मौन छ । कतिपय ब्युटी पार्लर र सैलुङ अहिले पनि सञ्चालन भइरहेका छन् । खुलेका व्यवासयहरुमा सरकारले तोकेको कुनै मापदण्डको पालना भएको छैन ।
पसल, बैंक तथा वित्तिय संस्था, रेस्टुरेण्टहरुमा मानिसको भिड छ । त्यहाँ कतै समाजिक दुरीको पालना भएको छैन । सुरुमा बैंक तथा वित्तिय संस्थाले सामाजिक दुरीका लागि बनाएको घेरा पनि अहिले प्रयोगमा देखिदैन । ‘हामीले व्यापारी व्यवसायीहरुलाई समेत बोलाएर यो निर्णय गरेका छौं । प्रहरी र स्थानीय तहलाई पनि गरिएको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्व्यन गरिदिनु हुन मैले अनुरोध गरेको छु । यसको नतिजा कस्तो आउँछ एक दुई दिन हेरौं,’ प्रजिअ भट्टराईले भने ‘यति गर्दा पनि भएन भने स्थानीय प्रशासन निर्मम ढङ्गले प्रस्तुत हुन बाध्य हुनेछ । त्यसमा सचेत रहन म सबैलाई आग्रह गर्दछु ।’
उनले नजिकिदै गरेका विभिन्न चाडपर्वलाई घरमै बसेर आफन्तको वीचमा मात्र मनाउन पनि अनुरोध गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *