केपी ओली जस्तो गैरजिम्मेवार मान्छेले सरकारको नेतृत्व गर्दा देशले दुखः पायो: डाक्टर भट्टराई

Share on Your Social Media
  • 99
  •  
  •  
  •  
  •  
  •  
    99
    Shares

खोजखबर
गोरखा, साउन ३० गते ।
वर्तमान सरकार कोरोना नियन्त्रणमा पूर्ण रुपले असफल भएको पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दाबी गरेका छन् । शुक्रबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको समस्या समाधान गर्न प्रधानमन्त्री केपि शर्मा ओलीसँग कुनै योजना नरहेको आरोप लगाएका छन् । ‘केपी ओलीजस्तो गैरजिम्मेवार मान्छे सरकारको नेतृत्वमा छन्, देश लहडमा भरमा चलेको छ, स्पष्ट नीति छैन,’ उनले भने,‘परराष्ट्र होस्, जनस्वास्थ्य होस् वा आर्थिक होस् श्रृङखलाबद्व सोच विचारको नीति कुनै पनि छैन । यस्तो मान्छे नेतृत्वमा रहँदासम्म देशले दुखमात्र पाउँछ ।’
बर्तमान सरकार स्पष्ट नीति बिना चलिरहेको उनको दाबी छ । जनताले नेकपालाई पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिएकाले उसले नै यसको छिटो व्यवस्थापन गर्नुपर्ने भन्दै डाक्टर भट्टराईले सरकार विहीनताको अवस्थामा अन्त्य बताए ।
‘यस्ता नेता छानेका छौं, जुन नेताहरु कोरोनाको बेला आफ्नो पार्टीको झगडाका निम्ति महिनौं बैठक गर्नुहुन्छ,’ उनले भने, ‘समाचार हेर्नुभयो भने मान्नुस् केपी ओली र प्रचण्डको वार्ता हुनु भनेको डोनाल्ड ट्रम्प र सि जिनपिङको वार्ता भएजस्तो हो, नरेन्द्र मोदी र केपी ओलीको वार्ता भएजस्तो हो, उहाँहरुको वार्ता कहिले हुन्छ भनेर कुरेर बस्ने बेला हो ? योभन्दा मजाक के हुन सक्छ ?’

अहिलेको प्राथमिकता पीसीआर परीक्षणको दायरा बढाउने र अस्पतालमा आवश्यक उपकरणको व्यवस्था गर्नेतर्फ हुनुपर्ने भट्टराइले बताए । ‘अस्पतालमा उपकरण खोज्ने भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने बेला राम मन्दिर बनाउने रे,’ उनले भने, ‘यो अयोध्या सिर्जना गर्ने बेला हो कि अस्पताल बनाउने बेला हो ? उहाँहरु उल्टो दिशातर्फ जानुभएको छ, देशलाई धरापमा पारिराख्नुभएको छ ।’ चार महिनाको लकडाउन र खुलेको एक महिना गरी ५ महिनासम्म पनि कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकार असफल भएको भट्टराईको आरोप छ ।
वर्तमान सरकार र प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भालुलाई पुराण सुनाए सरह भएको उनको टिप्पडी छ । तर पनि आफूले सरकारको खबरदारी गरिहेको उनले बताए । ‘राज्यले गर्ने भनेको भरपर्दो परीक्षण हो, परीक्षण व्यापक रुपमा गराउनुप¥यो,’ उनले भने, ‘उपचारका निम्ति उपकरण हुनुप¥यो, भेन्टिलेटर नहुँदा मान्छे मरिरहेका छन् यसतर्फ ध्यान दिनुप¥यो ।’
सो अबसरमा गोरखा क्षेत्र नम्बर २ का सांसद समेत रहेका डां भट्टराईले गोरखा अस्पताल र आपपिपल अस्पतालको प्रयोगशालाको लागि एक÷एक वटा मेसिन समेत हस्तान्तरण गरेका छन् । चिनियाँ कम्पनीले निमार्णको गरेको एउटाको ७ लाख पर्ने उक्त मेसिन व्यक्तिगत पहलमा खरिद गरी शुक्रबार दुईवटै अस्पतालमा पुगेर उनले हस्तान्तरण गरेका हुन् । उक्त मेसिनले रगत सम्बन्धि ३६ वटा परीक्षण गर्न सक्ने कम्पनीका वायोटेक्निकल इन्जिनियर सौगात आर्चायले जानकारी दिए ।
गृह जिल्ला गोरखा आएका उनले केही दिन अघि आएको बाढी पहिरोले गरेको क्षतिको स्थलगत अवलोकन पनि गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *