पालुङ्टारमा भदौ १ गते देखि ८ गतेसम्म लकडाउनको घोषणा

Share on Your Social Media
  • 103
  •  
  •  
  •  
  •  
  •  
    103
    Shares

खोजखबर
गोरखा, साउन ३१ गते ।

गोरखाको पालुङ्टार नगरपालकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । वडा नम्बर ४ का एक महिलामा बिहिबार कोरोेना संक्रमण देखिएपछि जोखिम बढ्न सक्ने भन्दै नगरक्षेत्रमा एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले जानकारी दिए । यस अघि आफ्नै घरमा रहेकी उनी नियमित उपचारका लागि चितवन गएलगतै संक्रमण पुष्टि भएको थियो ।
शनिबार बिहान पालुङटार नगरपालिकाले एक सुचना प्रकाशति गर्दै आगामी भदौ ८ गतेसम्मका लागि लकडाउन गर्ने जनाएको होे । ‘यही मिति २०७७÷०४÷३२ गते देखि २०७७÷०५÷०७ गते सम्म लागु हुने गरी अत्यावश्यक सेवा (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अति आवश्यक सेवामा खटिने कर्मचारीहरु, एम्बुलेन्स, औषधि, खाद्यान्न, तरकारी, पानी, बिजुली आदि) बाहेक अन्य सबै कार्यालय, उधोग, व्यवसाय, बैंक, वित्तिय संस्था, मेला, जात्रा, आवतजावत बन्द गरिएको व्यवहोरा सबै नगरवासीमा सूचित गरिन्छ’ उक्त सूचनामा भनिएको छ ।
अत्याश्यक सामाग्रीका लागि साझ र बिहानको समय छुट्याइएको छ । बिहान ६ बजे देखि १० बजेसम्म र साँझ ४ बजे देखि ६ बजेसम्म सामाजिक दुरी कायम गरी अत्यावश्यक सामाग्री खरिद बिक्रि गर्न नगरपालिकाले आग्रह गरेको छ । मास्क नलगाई हिड्नेहरुलाई २० रुपैयाँ जरिबाना लिने निर्णय समेत पालुङटार नगरपलिकाले गरेको छ ।तनहुँको भानु र बन्दिपुरमा समेत समुदायमा कोरोना देखिएकोले सिमा नाकामा पनि कडाइ समेत गरिएको छ ।

यता गोरखा सदरमुकामको मुख्य बजार क्षेत्र हरमटारीकी एक महिलामा पनि संक्रमण पुष्टि छ । समुदाय स्तरमा गरिएको कन्ट्याक्ट टे«सिङको क्रममा ५७ वर्षीय महिलाको रिर्पोट पोजेटिभ आएपछि बजार क्षेत्रमा पनि लकडाउन वा सिल मात्र के गर्ने भन्ने बारेमा अध्ययन भइरहेको सरोकारवालाहरुले जानकारी दिएको छन् । समुदाय स्तरमा कोरोना देखिएको लक्ष्मीबजार लगाइएको सिल अहिलेसम्म कायम छ । संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन, मालपोत लगायत सेवाग्राहीको भिडभाड हुने कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *