गोरखाको हरमटारीमा कन्ट्याक्ट टे«सिङ गरिएको सबै २५ जनाको रिर्पोट नेगेटिभ

Share on Your Social Media
  • 260
  •  
  •  
  •  
  •  
  •  
    260
    Shares

खोजखबर
गोरखा, भदौं २ गते ।
गोरखाको हरमटारीमा गरिएको कन्ट्याक्ट टे«सिङ रिर्पोट नेगेटिभ आएको छ । गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार संक्रमित महिलाको सम्र्पकमा आएको हुनसक्न आशंकामा गरिएको कन्ट्याक्ट टे«सिङका क्रममा उनीहरुमा भने संक्रमण नदेखिएको हो ।
बिहिबार गोरखा बजारको रंगशाला आसपासकी एक महिलामा कोरोना देखिएको थियो । सो संगै शुक्रबार उनको परिवार र आसपासका अन्य छिमेकी गरी २५ जनाको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि पठाइएको थियो ।
त्यस्तै नगरका अन्य क्षेत्रमा होम क्वारेनटाइनमा बसेका ५ मध्ये ४ जनाको समेत रिपोर्ट नेगेटिभ आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *