हरितालिका तिज

Share on Your Social Media
  • 150
  •  
  •  
  •  
  •  
  •  
    150
    Shares

भाद्र महिनामा पर्ने शुक्लपक्षको तृतिया दिनमा तिज मनाइन्छ।
बर्ष दिनमा आउने एउटा यस्तो चाड जसले गर्दा नारीहरूको मन उत्साह र उमंगले भरिएको हुन्छ । शिवजीको आराधना गरिने यो व्रत,आफ्ना सौ-भाग्य का लागि, आफ्ना पति र परिवारका लागि या राम्रो वर पाउँ भनेर बसिन्छ। २४ घण्टा निराहार र निर्जल बसिने यो व्रतलाई हिन्दु धर्मकै एउटा कठिन व्रत मानिन्छ।

हरितालिका तीजको लागि तम्तयार हुनलाई अघिल्लो दिननै आफ्ना दिदिबहिनी, साथीसंगी, घर माइती भेला भई दर खाने गरिन्छ। सबै जना बसेर चोखो मिठो खाने ,चिटिक्क पर्ने, रातो रंगका लुगा लगाउने, दुख सुखका कुरा गर्ने नाच्ने गाउने र मादल घन्काउने गरिन्छ।

चलिआएको परम्परा हेर्ने हो भने तिज एउटा एकदमै महत्त्वपूर्ण चाड हो जसले एउटी चेलीलाई आफ्नो माइतीको नजिक पुर्याई दिन्छ। पहिलाको रहनसहनलाई नियाल्ने हो भने एउटी छोरीले माइती धेरै धाउन नपाएको, आफ्नो मनका कुरा साट्न नपाएको देखिन्छ।
आफ्नी प्यारी आमाको समिप बसेर दुख-सुखको कुरा गर्ने मेलो तिजले नै मिलाएको हो।
केही सतक अगाडि दुखको छहारी बिसाउने माध्यम पनि यहि चाड बनेको थियो ,
त्यही भएर नारीहरु यो दिनको प्रतिक्षामा बस्ने गर्दथे।

आखिर यो चाडलाई हरितालिका तिज किन भनिन्छ त?

धार्मिक ग्रन्थका अनुसार हरितालिकाको मतलब साथिले हरण गर्नु हो।
पार्वतीको विवाह विष्णु भगवान सँग गराइदिने भनि कुरा छिनेको बेला, साथी विजय लक्ष्मीले उनको हरण गरेकी थिइन्। यही पश्चात पार्वतीले शिवजी वर पाउँ भनेर हावा र सुकेको पातलाइ आहार बनाइ कडा तपस्या गरेकी थिइन्। त्यहीबेलादेखि यो व्रतलाइ हामी हरितालिका तीज भन्ने गर्दछौं। 

व्रत बस्नु आफ्ना इच्छाहरुका लागि मात्र नभएर आफ्ना लागि पनि फाइदाजनक प्रमाणित भएको छ। शरीर निकै फुरुङ्ग हुने, मन चङ्गा हुने र स्वास्थ्य पनि राम्रो हुने गर्दछ।
आखिर दुवै हातमा लड्डु भनेको यही हो।

आजकल त पति पनि आफ्नी पत्नीलाई मक्ख पार्दिन व्रत बस्ने गरेको पाइन्छ। यो कुरा एकदमै चित्तबुझ्दो पनि हो। आखिरमा जीवनसाथी र परिवारको खुसी त छोरीलाई मात्र नभएर छोरालाई पनि लाग्दो हो।
कि कसो?

स्वस्थ रहौं 
मस्त रहौं ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *