गोरखामा निषेधआज्ञा एक साता थपियो

Share on Your Social Media
  • 203
  •  
  •  
  •  
  •  
  •  
    203
    Shares

खोजखबर
गोरखा, भदौं ७ गते ।
गोरखामा जारी निषेध आज्ञा एक साताका लागि थप भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कमाण्ड पोष्ट र संकट व्यवस्थापन केन्द्रको बैठकले सटडाउनको समय १ सात थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
काठमाडौँ, चितवन र पोखरा लगायत शहरमा तिब्र रुपले संकमण देखिएकाले त्यहाँबाट हुनसक्ने खतरा रोक्न निषेध आज्ञा जारी राख्ने निर्णय गरिएको बैठकमा सहभागीहरुले बताएका छन् । लक्ष्मीबजार, हरमटारी, पालुङ्टार लगायतका ठाउँमा समुदाय स्तरमा कोरोना देखिएपछि भदौ १ गतेबाट ७ गतेसम्म लकडाउन गरिएको थियो । आइतबार बसेको बैठकले यसलाई जारी राख्दै १४ गतेसम्म पु¥याएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *