गोरखामा बन्यो विपि कोइराला युवा नेतृत्व बिकास मञ्च

Share on Your Social Media
  • 190
  •  
  •  
  •  
  •  
  •  
    190
    Shares

खोजखबर
गोरखा, भदौं ७ गते ।
नेपाली काँग्रेस निकट युवाहरुले गोरखामा विपि कोइराला युवा नेतृत्व बिकास मञ्च निर्माण गरेका छन् । नेपाली काँग्रेसका पूर्व सभापती एवं पूर्व प्रधानमन्त्री विपि कोइरालाको विचारका आधारमा गाउँगाउँमा बैचारिक लहर सिर्जना गर्ने उदेश्यले ७७ वटै जिल्लामा निर्माण भइरहेको मञ्चको जिल्ला शाखा गोरखा गठन गरिएको हो ।

सामाजिक अभियानमा संक्रिय युवा विनोद पाण्डेको अध्यक्षतामा समिति गठन गरिएको थियो । उनलाई यस अघि नै मञ्चको केन्द्रिय समितिले संयोजकको जिम्मेवारी तोकेको थियो । नेपाली काँग्रेसमा आस्था राख्ने विभिन्न पेशाव्यवसाय र अध्ययनमा संग्लन युवाहरु आइतबार भएको भर्चुअल भेलाले उपाध्यक्षमा गोमा ढकाल, सचिवमा राजेन्द्रराज पाण्डे, सहसचिवमा विकास भट्ट र कोषाध्यक्षमा देवेन्द्र जंग कुवँर चयन गरेको हो ।

त्यस्तै मञ्चको सदस्यहरुमा विमला अम्गाईं, सन्तोष दवाडी, दिल बहादुर गुरुङ्ग ‘रिदम’, पवन अधिकारी, आशमान लामा, विकास खनाल, राजेश श्रेष्ठ, उमेश खनाल, अब्जल मियाँ रहेका छन् ।

त्यसैगरी सदस्यहरु मै विमल रम्तेल, मोनिका गुरुङ्ग, सुनिल गुरुङ्ग, सुजन भट्ट र मोहन पुलामी मगर चयन भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *