खसी चोरेको आरोपमा दुई युवक पक्राउ

Share on Your Social Media
  • 99
  •  
  •  
  •  
  •  
  •  
    99
    Shares

खोजखबर
गोरखा, भदौं ७ गते ।
खसी चोरको आरोप गोरखामा दुई युवक पक्राउ परेका छन् । यदी भदौं ५ गते भीसमेन थापा गाउँपालिका १ निबेल स्थित भगवान बानियाँको खोरबाट अन्दाजी २५/२५ केजिको दुई वटा खसी हराएको थियो ।

उक्त सूचनाका आधारमा प्रहरीले अजिरकोट गाउँपालिका १ घ्याच्चोक बस्ने वर्ष २८ का कुमार भनिने खेतमान गुरुङ र भारतको तुरकौलिय, पूर्वी चम्पारण घर भइ हाल गोरखा नगरपालिका ६ हराटारीमा बस्ने २२ वर्षका सुदामा कुमारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

उनीलाई नकबजनी चोरी र्शीषकमा मुद्धा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *