जीवन जिउने कला

Share on Your Social Media
  • 155
  •  
  •  
  •  
  •  
  •  
    155
    Shares

By Kedarnath Pathak

मानव प्रकृतिको १ सर्वश्रेष्ठ, पूर्ण शाकाहारी प्राणी हो। यस्तो जीवन पाएर मानिसले गर्नुपर्ने कर्महरु धेरै छन्। हरेक मानिसले असिमित चाहना र आकांक्षाका कारण दुःख पाइरहेका हुन्छन्। जन्मदेखि मृत्युपर्यन्त सम्म, सधै मानिसहरु भौतारिएर हिँडिरहेका हुन्छन्। त्यसरी हुड्नुको कारण, उसले सुख खुशी र आनन्द खोजिरहेको हुन्छ। 

जसले मनलाई एकाग्र गरी बाँध्न सक्दछ, जस्तोसुकै परिस्थितिलाई पनि स्वीकार्न सक्दछ, असिमित इच्छा चाहना राख्दैन, वास्तवमा नै त्यही मानिस सधै सुखी र खुसी रहन्छ। मानिस सधै वर्तमानमा जिउनु पर्दछ। माया-मोह,कामवासना, लोभ, इर्श्या, अहंकारलाई त्याग गरी पृथ्वी जस्तो अटल र सहनशील हुनुपर्दछ। त्यही क्षण उसले खुशी र आनन्द प्राप्त गर्दछ।

जो मानिस हरपल हाँसीरहन्छ, उ निरोगी र दीर्घजीवी हुन्छ।
कुनै पनि सचेत नागरिकले हात खाली राखेर बस्नुहुँदैन। हामीले कर्ममा विश्वास गर्नु पर्दछ जो सधै काम गरिरहन्छ ऊ सधैं खुसी रहन्छ।

“खाली दिमाग शैतानको घर” भनेजस्तै हात खाली राखेर बस्ने हो भने, अनेक कुराहरु सोचेर चिन्तित हुनुपर्दछ। यस कारणले गर्दा मानिसहरुमा ब्लड-प्रेसर,डाइबिटिज,मुटुरोग जस्ता घातक रोग लाग्दछ र जीवन नै समाप्त हुन्छ।

हामीले कम खाने, कम बोल्ने, समयमा सुत्ने, समयमा उठ्ने, व्यायाम गर्ने योग-साधना, सत्संग, ध्यानगर्ने, शाकाहारी र सन्तुलित भोजन नियमित गर्नुपर्दछ। कम्तीमा ६ घण्टा सुत्ने गर्नु पर्दछ।
खाना खानु भन्दा १ घण्टा अगाडि वा पछाडि मात्र पानी पिउनुपर्दछ। बिहान सवेरै दुई गिलास मनतातो पानी पिउनुपर्दछ।

होष राखेर जोष निकाल्नु पर्दछ। गुण विनाको रुप बेकार हुन्छ। विनम्र छैनौं भने विद्या आर्जन गर्नुको कुनै अर्थ रहदैन। धन भएर पनि उपयोग गर्दैनौ भने त्यो धन व्यर्थ छ। साहस बिनाको हतियार व्यर्थ छ। परोपकार न गर्नेहरूको त जीवन नै व्यर्थ छ। साधुसन्तको सङ्गत गर कु-सङ्गीको सङ्गत नगर। सधै अरुको भलो गर्नु, नसके कुभलो नचिताउनु। दिन को १० मिनेट भए पनि ध्यान गर्नु।

हिंसामुक्त समाज, स्वास्थ्य शरीर र तनावमुक्त मनको लागि योग, साधना सत्संग,
ज्ञानका कुरा र ध्यान गरौं।

जीव हत्या बन्द गरौ, शाकाहारी बनौ, खैनी,चुरोट, मदिरा, माछामासु सेवन नगरौं। यो नै स्वास्थ्य जीवनको उपाय हो। स्वास्थ्य भएमात्र अरूको सेवा गर्न सकिन्छ। वातावरणको संरक्षण गरौ बोटविरुवा रोपौं। नदीनालामा फोहोर नफालौं,सफाई गरौं। त्यसो गरे मात्र प्रकृतिले हामीलाई पनि माया गर्नेछिन् र स्वच्छ वातावरणको भोग गराउनेछिन्।

धन्यवाद।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *