बुबाको स्मृति दिवशमा काँग्रेस नेता न्यौपानेले गरे गुरुकुललाई खाद्यन्न सहयोग

Share on Your Social Media
  • 747
  •  
  •  
  •  
  •  
  •  
    747
    Shares

खोजखबर
गोरखा, भदौं ११ गते ।
नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले गोरक्षनाथ बैद्यिक गुरुकुल आश्रमलाई खाद्यन्न सहयोग गरेका छन् ।
स्वर्गीय बुबा बुद्धिप्रसाद न्यौपानेको २० स्मृति दिवशका अवसरमा आश्रमलाई खाद्यन्न सहयोग गरेका हुन् । आश्रम पुगेर विहिबार उनले चालम, दाल, चिनी तेल, तरकारी लगायतका खाद्य सामाग्री सहयोग गरेको बताएका छन् । आगामी दिनमा यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
पूर्वीय हिन्दु धर्म र सस्कृति अध्ययन एवं जर्गेना गर्ने उदेश्यले गोरखा सदरमुकाम खोलिएको आश्रममा अहिले देशभरका ३० भन्दा बढि बटुकहरु पढ्ने गर्छन् । मुठिदान, दक्षिण सहयोग र यस्तै धार्मिक तथा समाजिक अभियान मार्फत आश्रम सञ्चालन भइरहेको अध्यक्ष पुरुषोतम अर्यालले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *