सुत्केरी गराउनका लागि चितवन पुगेकी छेवेटारकी महिनामा कोरोना

Share on Your Social Media
  • 322
  •  
  •  
  •  
  •  
  •  
    322
    Shares

खोजखबर
गोरखा, भदौं ११ गते ।
गोरखा नगरपालिका १० छेवेटारकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३७ वर्षीय महिलाको भदौं ९ गते कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । सुत्केरी गराउनका लागि उनी भदौं ८ गते भरतपुर स्थित एक निजि अस्पतालमा पुगेकी थिइन ।
चिकित्सकले अप्रेसन गर्नुपर्ने बताएपछिे कोरोना परिक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको परिवार स्रोतले जनाएको छ । तर उनको अहिलेसम्म अप्रेसन गरिएको छैन । बुधबार मात्र उपचारका क्रममा चितवन रहेका गोरखा नगरपालिका १३ देउराली २ जनामा कोरोना संक्रमण देखिएको थियो ।
उनी यहीँ छदा कोरोना संक्रमण भएको वा र अस्पताल गएपछि भन्ने एकिन भने भइसकेको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *