खोजखबर
गोरखा, भदौं १३ गते ।
कोरोना संक्रमणबाट शुक्रबार मृत्यु व्यक्तिको परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण देखिएको छ ।
उपचारका क्रममा चितवनमा निधन भएका गोरखा नगरपालिका १३ देउरालीका ३८ वर्षीय पूरुषको श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भएको हो । उनीहरुलाई आइसोलेशन ल्याउने तयारी भइरहेको गोरखा नगरपालिकाले जनाएको छ ।