गोरखामा एकै दिन २२ जनामा कोरोना पुष्टि, गोरखा नगरपालिकामा मात्र २० संक्रमित

Share on Your Social Media
  • 194
  •  
  •  
  •  
  •  
  •  
    194
    Shares

खोजखबर
गोरखा, भदौं १९ गते ।
गोरखा नगरपालिकामा मात्र एकै दिन २० जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये वडा नम्बर १३ का १४ र ६ का २ जना समुदाय स्तरका संक्रमित रहेको देखिन्छ । वडा नम्बर ६ मा भेटिएका दुई संक्रमित पनि कन्ट्याक्ट टे«सिङ मार्फत नै पहिचान भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । बाँकी चार जनामा भने चितवनबाट फर्किएका व्यक्ति रहेको उनको भनाई छ ।


देउरालीका एक पूरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि गरिएको कन्ट्याक्ट टे«सिङका क्रममा थप १४ जनाको संक्रमण पुष्टि भएको छ । पहिलो चरणमा गरिएको कन्ट्याक्ट टे«सिङमा १५ जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म १६२ जनाको पिसिआर परीक्षण गर्दा त्यहाँ २९ जनामा कोरोना संक्रमण देखिएको छ । अझै ४६ जनाको रिर्पोट आउन बाँकी रहेको वडा अध्यक्ष हरि खनालले जानकारी दिए ।


शुक्रबार नै अजिरकोट गाउँपालिकामा १ र शहिद लखन गाउँपालिका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । अजिरकोटका संक्रमित भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेको र शहिद लखनका भने घरमै रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा एक दिन २२ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार गोरखा नगरपालिका १३ देउराली र ६ तिनधारेका ६ जनाको रिर्पोट पोजेटिभ आएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *