उपचारका क्रममा शनिवार गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

Share on Your Social Media
  • 155
  •  
  •  
  •  
  •  
  •  
    155
    Shares

खोजखबर
गोरखा, भदौं २१ गते ।
शनिवार मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएको गोरखा अस्पतलाले जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन नबिन थापाले आइतबार बिहान एक विज्ञप्ती जारी गरी गोरखा नगरपालिका ७ धारापानी निवासी ७५ वर्षीय मृत्तक महिलामा कोरोना संक्रमण रहेको पुष्टि गरेका हुन् ।
एक्कासी बेहोस भएपछि शनिवार दिउँसो १२ः२० बजे गोरखा अस्पतालको आपत्तकालिन कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा दिउँसो ४ः३० बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । उनको परिवारका तीन जना सदस्यहरु शुक्रबार कोरोना पोजेटिभ भएको रिर्पोट सार्वजानिक भएपछि थियो ।
अस्पतालको आइसीयूमा उपचाररत व्यक्तिको मृत्यु भएपछि केही समय आइसीयू बन्द गरिएको थियो । निर्मलीकरण पछि अहिले भने आइसीयू सञ्चालनमा आइसकेको गोरखा अस्पतालले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *