गोरखामा समुदायस्तरमा कोरोना संक्रमण तिब्र, सोमबार बिहानै थप १८ जनामा पुष्टि

Share on Your Social Media
  • 253
  •  
  •  
  •  
  •  
  •  
    253
    Shares

खोजखबर
गोरखा, भदौं २२ गते ।
गोरखामा सोमबार १८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा नगरपालिका ७, ८ र पालुङटार नगरपालिका १ मा २ गरी कुल १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशक विनोद विन्दु शर्माले बिहान ५ः५० बजे सूचना जारी गरेको सूचनामा गोरखा नगरपालिकामा १६ जना र पालुङटार नगरपालिकामा २ जना संक्रमित थपिएको जनाइएको छ । संक्रमित हुनेहरुमा गोरखा नगरपालिका ७ मा २८, ८, ३१, ४, ४० र १२ बर्षका महिलाहरु रहेका छन् भने सोही वडामा ३८, ९, ४५, १७, २८ र २४ बर्षका पुरुषहरु पनि संक्रमित भएका छन् ।
वडा नम्बर ८ मा ५६ वर्षका एक पूरुपमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी वडा नम्बर नखुलेका ३० र २४ वर्षका पुरुष र २८ वर्षीय १ जना महिलामा पनि रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ । उता पालुङटार नगरपालिकाको वडा नम्बर १ मा २७ वर्षका पुरुष र ६५ वर्षकी एक महिलामा कोरोना संक्रमण देखिएको छ ।
गोरखाको विभिन्न समुदायमा कोरोना संक्रमण तिब्र रुपले फैलिएको देखिन्छ । गोरखा नगरपालिका वडा नम्बर १३ देउरालीपछि सोमबार ७ र ८ मा ठूलो संख्या संक्रमित फेला परेका छन् । उनीहरुसबैको परक्षिण क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको हो । गण्डकी प्रदेशमा भने सोमबार ६७ जना थपिएका छन् । कास्कीमा ३१, नवलपराली पूर्वमा १५ र तनहुँमा ३ जना रहको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *