खोजखबर
गोरखा, भदौं २२ गते ।
अबिरल वर्षा सहित आएको पहिरोले अजिरकोट गाउँपालिका १ घ्याच्चोकमा पहिरो जाँदा एउटा कृषि फर्म पुरिएको छ ।
स्थानीय दरौंदी बहुउदेश्य कृषि समूहमा रहेका सयौं पशुपन्छी रहेको गोठ बगाएको छ । घ्याच्चोक स्थित सिउँसीबगर रहेका ४५० ब्रोइरल, ३ वटा पानी पोखरी, माछा र कुखुराको दाना, बाख्राको खोर, अन्य कृषि उपकरण र भौतिक संरचना गरी १३ लाख १५ हजार बराबरको क्षति भएको स्थानीय शिक्षक बिरबहादुर गुरुङले जानकारी दिए ।
फर्म सञ्चालक भने भागेर ज्यान जोगाएको उनले बताए ।