गोरखामा मंगलबार थप १० जनामा संक्रमण पुष्टि

Share on Your Social Media
  • 272
  •  
  •  
  •  
  •  
  •  
    272
    Shares

खोजखबर
गोरखा, भदौं २३ गते ।
गोरखामा मंगलबार पनि थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको जनस्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी १० जना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माले मंगलबार बिहान ११ः४० बजे विज्ञप्ती जारी गर्दै सो कुराको पुष्टि गरेका हुन् ।


संक्रमित हुनेहरुमा गोरखा नगरपालिका वडा नम्बर ७ का वर्ष ५, २२, २३ का पूरुष र ६५ र २५ वर्षीय महिला रहेका छन् । यसैगरी वारपाक सुलिकोट ५ का ३० वर्षीय पूरुष र ७ की २५ र ४६ वर्षका महिला रहेको विज्ञप्तीमा उल्लेख छ । यसैगरी भीमसेन थापा गाउँपालिका ३ का ७० र सिरानचोक गाउँपालिका ६ का १७ वर्षीय पूरुष रहेका छन् ।
संक्रमति सबैलाई आइसोलेशन लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए । यसैविच सोमबार एक दिन १८ जनामा संक्रमण पुष्टि भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *