प्रधानमन्त्रीलाई गोरखाका यातायात व्यवसायीको खुल्लापत्र

Share on Your Social Media
  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

सम्माननिय प्रधानमन्त्री ज्यू,
नमस्कार
के यातायात व्यवसायी वर्ष दुश्मन नै हुन् । कहिले प्रा.लि मा लैनाने नाममा त कहिले अन्य बाहानामा पटक–पटक किन यातायात व्यवसायी माथि आर्थिक आक्रमण गरिन्छ ?


यातायात व्यवसायी र मजदुरको अबस्था के छ ? कहिल्यै अध्ययन गर्नु भएको छ ? सरकार त जनता कै होला, अनि ती व्यवसायी पनि नेपाली जनता नै होलान् । करोडौंको भार थामेर राज्यलाई विभिन्न शीर्षकमा कर बुझाउँदै बल्लबल्ल बाँचेका यातायात व्यवसायी माथि भएको अलोकप्रिय प्रहार कहिलेसम्म हुन्छ, सम्माननिय प्रधानमन्त्री ज्यू ? दिनानुदिन सार्वजानीक सवारी साधान मट्टिमा मिल्दैछन् । कति व्यवसायीहरु सवारी साधनको किस्ता तिर्न नसकेर आत्महत्या गरिसके कति व्यवसायीहरुले भैसीसँग सवारी साधन साटेर चित्त बुझाउँन बाध्य छन् । चैत्र ११ गते देखि थन्किएका सवारी साधन आजसम्म जहाँको त्यही छन् । देशभरका व्यवसायी र यातायात मजदुरको परिवारको बिचल्लीमा परेका छन् । कम्तीमा सरकार भएको आभाष त दिनुस्, सम्माननिय प्रधानमन्त्री ज्यू ।
कैङ्कले ब्याज दिन दुईगुणा रात चौगुणा बढाउँदा पनि, आयल निगमले रातरात पेट्रोलियम पदार्थको भाउ बढाउँदा पनि इश्वरको आर्शिवाद सम्झेर लुरुलुरु कर्म क्षेत्रमा लागेका व्यवसायीहरु अब यो संकटबाट निस्कने अबस्थामा छैनन् । किनकी यस्तो विषम् परिस्थितीमा पनि यातायात क्षेत्र अति प्रभावितको सूचीमा नपर्नु दुखदायी कुरा होइन र ? के यातायात व्यवसायी वर्ग तपाइँका दुश्मन हुन र, सम्माननिय प्रधानमन्त्री ज्यू ? विभिन्न आन्दोलन, चन्दा आतंक, बन्द, हड्ताल, ढुङ्गामुढा, महंगी हुँदै प्रा. लिमा धकेलिदै कोरोनाको कहरसम्म आइपुग्दा व्यवसायीहरु व्यवसायबाट हात धुनु पर्ने अबस्थामा पुगेका छन् ।

यस्तो विषम परिस्थितीमा पनि राज्य छ भन्ने आभाष हामीले पाउन सकेका छैनौं प्रधानमन्त्री ज्यू । लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न, संबिधान सभाबाट संबिधान घोषणा गर्न, संघियता कार्यान्व्यन गर्न व्यवसायीले सहयोग गरेका थिएनन् र ? के व्यवसायीहरु अहिलेको विधिको शासन को विरुद्धमा छन्, कि उनीहरु राजद्रोही हुन ? यदी होइनन् भने राज्यले सम्माननीय प्रधानमन्त्री ज्यू यातायात व्यवसायी माथि यस्तो घृणित व्यवहार किन गरिर्दैछ ? सडकमा नै व्यवसायी थचक्कै बस्ने गरी यस्तो वेवास्ता गर्दै हुनुहुन्छ ? सार्वजानिक सवारी साधन सजिलै चल्ने ए त्यत्ति ठूलो लगानीमा आएका साझा बस र ट्रली बसहरु खै त ? अब त सार्वजानिक यातायत चलाउन सजिलो छैन भन्ने कुरा बुझौं ।
अन्त्यमा सोच्ने बेला त घर्किसकेको तर पनि एउटा नेपाली नागरिक हुनुको नाताले देशको अति दुर्गम दुरदराज बसेर पनि करिब २५ लाख जनताको पक्षमा आवाज उठाउने कोशिस गरेको छु । ? गल्ती भएमा माफी चाहन्छु । एक पटक गम्भिर भएर सोच्नुहोस् त सम्माननिय प्रधानमन्त्री ज्यू ।

लेखक ः बिपिनचन्द्र ढकाल हुन् । उनी पृथ्वीराजमार्ग बस व्यवसायी प्रा लि गोरखामा आबद्ध छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *