मानब बेचविखन विरुध्दका प्रयासमा विगत देखि बर्तमान

Share on Your Social Media
  • 238
  •  
  •  
  •  
  •  
  •  
    238
    Shares

विष्णु सापकोटा

मानव बेचविख तथा ओसारपसार नियन्त्रणका सन्र्दभमा कुरा गर्दा नेपलमा ऐतिहासिक काल देखि केहि उल्लेखनिय कार्य भएको पाईन्छ । यद्यपि पृथ्वीनारायण शाहाको पालामा बि स १८२५ मा बनेपा, धुलीखेल, लगायत सात गाउ मा कमारा कमारी राख्न नपाउने प्रचला वा कानुनी ब्याबस्था रहेको पाईन्छ । जुन कार्यलाई रुक्काजारी गर्नु भन्ने थियो ।

बि स १८८७ मा राजेन्द्र बिक्रम शाहाले पनि यस कार्यलाई निरन्तरता दिएको पाईन्छ । यस पछि पनि बि स १९१० मा जारी भएको मुलुकी ऐन पुन बि स १९८२ मा केहि प्राबधान थपेर जारी गरेको ऐनले नेपाल भरी दास प्रथा बन्द गर्ने घोषणा, कोहि कसैबाट यस्तो कार्य भएका ७ बर्ष कैद हुने व्याबस्था गरिएको पाईन्छ । यद्यपि त्यस बेला पनि बिदेशी कोईला खानी समुन्द्रपार पठाउने कार्य दण्डनिय हुने व्याबस्था थियो । फलत बि स २०२० सालमा जारी भएको मुलुकी ऐनमा पनि यस्ता कार्य निशेध गरिएको छ । यस्ता कार्यमा सम्लङ्गलाई कडा भन्दा कडा सजायको व्याबस्था छ ।

बि स २०३३ सालमा गरिएको सशोधनले अझ बढि सजायाको व्यावस्था गरिएको छ । बि स २०४३ सालमा कार्यन्वयनमा आएको चेलीबेटि बेचबिखन नियन्त्रण ऐर्न िनर्माण गरी कार्यन्वयन गरेको थियो । बि स २०५८ सालमा कमैया श्रम निसेध ऐन पारीत गरी कार्यन्वयन गरिएको पाईन्छ । यसरी गरिएका प्रयास स्वरुप, बि स २०६४ सालमा मानव बेचविख तथा ओसारपसार नियन्त्रण ऐन, बि स २०६५ सालबाट मानव बेचविख तथा ओसारपसार नियन्त्रण निमावली राष्ट्रिय तह देखि स्थानिय तह सम्म कार्यन्वयन गरिएको छ ।

बि स २०६८ सालमा मानव बेचविख तथा ओसारपसार विरुद्ध कार्ययोजना सगसगै २०६८/२०६९ मा सरकारी तवरबाट एव गैर सरकारी सस्थाले मानव बेचविख तथा ओसारपसार नियन्त्रणका लागि गरेका प्रयास स्वरुप हरेक वर्ष सम्पादन हुने गतिबिधिको बिश्लेषण सहितको प्रतिवेदन प्रकाशनको सुरुवात साथै आज सम्म आईपुग्दा नेपाल प्रहरीको तर्पmबाट मानव बेचविख तथा ओसारपसार नियन्त्रण तथा अनुशन्धान ब्यूरो गठन गरि यस प्रकारको अपराध नियन्त्रणमा निकै ठूलो पहल कदम लिई सक्रिय भएको पाईन्छ । तर पनि मानव बेचविख तथा ओसारपसार कार्य बढिरहेको घटना सुन्न र पढ्ने गरेका छौ। यसले के बुझाउछ भने,यस प्रकारका गतिबिधि घट्नुको साटो बढ्दै गएको देखिन्छ । यसका पछाडि मानव बेचविख तथा ओसारपसारका स्वरुप र प्रवृति निक्कै परिबर्तन भएका छन्।


अत यसको लागि यस क्षेत्रमा कार्यरत संघ सस्थाले अध्यायन अनसन्धानमा लागेका ब्यक्ती पहिचाहन गरी, उनीहरुसँग परामर्श छलफल,बिज्ञतालाई उपयोग गर्दै अगाडी बढ्रन सकेको खण्डमा अझ प्रभाबकारी बनाउन सकिन्छ ।


लेखक
त्रिभुवन विश्व विद्यालयमा मानब बेचबिखनका क्षेत्रमा अनुसन्धानरत विद्यार्थी हुन
 hps.sapkota@gmail.com

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *